-भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ

जनकपुरमा यूपीका मुख्यमन्त्री आदित्यनाथलाइ ४ हजार  सुरक्षाकर्मीले सुरक्षादिने 

Hollywood Khabar December 09,2018 Comments

२४ मंसिर, सप्तरी।भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि नेपालमा चार हजार सुरक्षाकर्मी खटिने भएका छन्।रामजानकी विवाह महोत्सवमा सहभागी हुन आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षा र रामजानकी विवाह महोत्सवका लागि चार हजार सुरक्षाकर्मी खटिने दुइ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले बताए।

एक हजार प्रदेशभित्रकै प्रहरी खटाउने,बाँकी दुई हजार प्रदेश १ र ३ बाट बोलाएर एक हजारको हाराहारीमा सशस्त्र प्रहरीलाई परिचालन गरिने डीआईजी पालले बताए।यसका अलावा सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिने भन्दै  डीआईजी पालले चापलाई अहिलेदेखि नै न्यूनिकरण गर्न ट्राफिक प्रहरी परिचालन गरिएको बताए।विवाह पञ्चमीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लखनउँबाट आफ्नै विमानबाट सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहको छ । विमानस्थलबाट उनी सिधैं जानकी मन्दिरमा गई पूजापाठ गरेर मुख्य मन्त्रीको सचिवालय भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक हुनेछन्।यसपछि उनी बाह्रबिघा मैदानमा आयोजना हुने स्वयम्बरमा सहभागी भइ विमानस्थल पुगेर लखनउँ फर्किने कार्यक्रम रहेको छ ।