-महामुर्खको उपाधि पाएका जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह।

जनकपुरधामका प्रमुख साहले महामुर्खको उपाधि पाए

Hollywood Khabar March 20,2019 Comments

७ फागुन,जनकपुर।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले महामुर्खको उपाधि पाएका छन्।मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले पाएका हुन्।

हास्य मनोरञ्जनका साथै समाजका विभिन्न कुरितिहरुमाथि व्यङ्गको माध्यमले कटाक्ष गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सम्मेलनमा साहलाइ महामुर्खको उपाधि प्रशस्ती पत्र, तरुलको माला तथा तबलाको टोपीबाट सुशोभित गरेर सम्मान गरिएको छ।महामुर्खको उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार सम्मेलनमा प्रदेशसभाका सदस्यहरु रामचन्द्र मण्डल, परमेश्वर साह, शहीदनगर नगरपालिकाका प्रमुख उदय यादव बरबरिया, राजपा नेतृ पुनम झा मैथिली, कांग्रेस नेतृ सम्झना वर्मा, राजपाका प्रवक्ता कृष्णा सिंह लगायतलाई विभिन्न हास्यास्पद उपाधि प्रदान गरिएको थियो ।