NRNA: जानकी गुरुङ सचिवको उम्मेदवार

Hollywood Khabar October 03,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अधिवेशनबाट २०१७-२०१९ कार्यकालमा निर्वाचित नेतृत्वमा धमाधाम आकांक्षीहरु देखिएका छन्। यसैक्रममा बेल्जियमबाट जानकी गुरुङले आफु सचिव पदका लागि उम्मेदवार रहेको घोषणा गर्नु भएको छ।
"नेपालको माटोमा सम्रिद्धी, सम्रिद्धिको बाटोमा एनआरएन, निष्ठा र ईमान्दारिता पहिला, एनआरएन अभियानमा महिला” भन्दै अगाडि आउनु भएकी गुरुङ संघमा लामो समय देखि हुनुहुन्छ।
संघको एनसीसी बेल्जियममा २००५ देखि कोषाध्यक्ष, अध्यक्षबाट नियमित हुनुभएकी गुरुङ यूरोपको लागि DRC र २०१३ देखि नियमित दुइ कार्यकालसम्म आइसीसी सदस्य हुनुहुन्थ। संघको फण्ड रेजिंगमा बिशेष  योगदान दिनुभएकी गुरुङ यो पटक अर्थात् एनसीसी बेल्जियमको २०१७-२०१९ का लागि बेल्जियमको निर्वाचन प्रमुख पनि हुहुन्थ्यो।
यस बाहेक उहाँ भिभिन्न टास्कफोर्सहरुमा लगायत भिभिन्न भूमिकामा बिगत बाह्रबर्ष देखि निरन्तर सकृय हुनुहुन्छ।
अन्तमा गुरुंगले संसारभरका एनआरएन मित्रहरु, महिला एनआरएन साथीहरु, विश्व सम्मेलनमा भाग लिने प्रतिनिधिज्यूहरु, संघका अग्रजज्यूहरु, अभियानका समकक्षी साथीहरु तथा पत्रकारज्यूहरु समक्ष सहयोग र समर्थनको लागि अपेक्षा गर्नुभएको छ ।
गुरुङको उम्मेदवारीका आधारहरु तथा प्रतिबद्धताहरु :
१, एनआरएन अभियानमा महिलाहरुको सहभागिता र सकृयताको बारेमा भए गरेका प्रतिबद्धतालाई व्यबहारमा उतार्न र हरेक भूमिकामा महिलाहरु सक्षम छन भनेर काम गरेरै प्रमाणित गर्न ।
२, संघको ब्रिहद परियोजनाहरु लाप्राक नमूना बस्ती, केन्द्रिय कार्यालय भवन निर्माण र एनआरएन पार्क, शंखमूललाई साविक मोडल र द्रूत  गतिमा सम्पन्न गर्न गराउन ।
३, संघको दूरगामी दृष्टिकोण अन्तर्गत मार्गचित्र 'भिजन २०२० एन्ड बियोन्ड' लाई घनिभूत छलफल मार्फत निष्कर्षमा पुर्याइ लागु गर्न गराउन।
४, नेपालको सम्रिद्धी र बिकासका लागि सामुहिक लगानीका प्रयासलाई अझ सशक्त बनाउन ।
५, एनआरएनहरुको स्थानिय र छेत्रीय समस्याहरुमा समाधानका लागि सहायक भूमिका निर्बाह गर्न । संस्थाको दिगो बिकास र आन्तरिक साँगठानिक सुद्रिढिकरणलाई चूस्त र दुरूस्त बनाउन ।
६, संघको साखलाई अझ उचाइमा पुर्याउन र आन्तरिक रूपमा मौलाउदै गरेको सबै खाले बिक्रितिलाई न्यूनिकरण गर्न ।
संसारभरका ७८ वटै मुलूकहरुमा सेप्टेम्बर १५ भित्र सबै राष्ट्रिय समन्वय परिषदमा अधिबेशन मार्फत निर्बाचित, निर्बिरोध र सँगठित हुनु भएका नयाँ नेत्रित्वको टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना  ब्यक्त गर्दछु। सबै एनसिसी मार्फत अधिकतम प्रतिनिधिहरु आगामी अक्टोबर १४-१७ काठमाडौंमा हुन गैरहेको आठौं विश्व सम्मेलनमा सकृय सहभागि हुन अनुरोध समेत गर्दछु ।