संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित

जनजाति युवाहरुद्वारा कालो झण्डा देखारउँदै मन्त्री लालबाबु पण्डितमाथि दुर्व्यवहार

Hollywood Khabar July 11,2019 Comments

२७ असार काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रम स्थल मै पसेर कालो झण्डा देखाउँदै दुर्व्यवहार गरेका छन्।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालन परिषदको वैठकमा पुगेका मन्त्री पण्डितलाई विद्यार्थीहरुले दुर्वव्यवहार गरेका हुन्।

शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको वैठक चलिरहेका बेला विद्यार्थीहरु कालो झण्डा लिएर बैठक कक्ष भित्र गएका थिए।उनिहरुले ‘लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर!’लगायतका नारा लगाएका थिए।

वैठकस्थलभित्रै पसेर पण्डितमाथि नै जाईलाग्न थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई जोगाएर क्वार्टरतर्फ लगेका थिए।प्रतिष्ठानको वैठक विद्यार्थीहरुको अवरोधका कारण स्थिगित भएको छ।