जनै पूर्णिमा,रक्षाबन्धन धुमधामकासाथ मनाईयो

0
shares

by Soni Sharma | Updated: 15 Aug 2019

76 views
तस्बिर साभार वेब

३० साउन काठमाण्डौं।हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाईयो।जनै पूर्णीमाका दिन आज पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा रहिआएको छ।

आजकैदिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर रक्षाबन्धन बाँधेर मनाउने चलन पनि रहि आएको छ।यस्तै नेवारी समुदायमा क्वाँडटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाएका छन्।यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं,तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने प्रचलन रहि आएको छ।ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको पाईन्छ। 

यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको सांस्कृतिविद गोविन्द टण्डनले बताए।उनले भने,'मन्त्रिएको जनै फेर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भन्ने गरिएको हो।' टण्डनका अनुसार आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ।वैदिक परम्परा अनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ। संस्कृतिविद्‍ टन्डनका अनुसार जनैका दुई डोरा मध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ। अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ।