-डा. बाबुराम भट्टराई

जनप्रतिनिधि सभाको सभामुख मर्यादाक्रममा माथि हुनुपर्ने-डा. बाबुराम भट्टराई

Hollywood Khabar January 27,2020 Comments

१४ माघ काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै भट्टराईले लोकतान्त्रिक अभ्यासमा जनप्रतिनिधि सभाको सभामुख मर्यादाक्रममा माथि हुनुपर्ने बताए ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिपछि मर्यादाक्रममा सभामुख हुनुपर्ने बताए ।‘मर्यादाक्रममा राज्यको प्रमुख राष्ट्रपति र उपराष्ट्रपतिमाथि हुनुै पर्यो ।त्यसपछिको मर्यादाक्रममा हुनुपर्ने जनप्रतिनिसभाको सभामुख हो’ मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले भने,‘सबै नीतिहरुको लोकतान्त्रिक अभ्यासको उद्गम थलो प्रतनिधिसभा हो।तर दुर्भाग्यबस हामीले अर्काको नक्कल गरेर अरुलाई माथि राख्यौँ ।’
उनले आमा भन्दा बच्चा ठूलो हुन नसक्ने भन्दै अझ कार्यपालिकाले बनाएको नीति निर्माणका व्याख्या गर्ने न्यायपालिकाका प्रमुख प्रधानन्यायाधीशको समेत बरियता माथि राखिनु अशोभनीय भएको बताए ।

‘कार्यकारीणी व्यवस्थापिकाबाट जन्माउने भएकाले आमा ठूलो कि बच्चा ठूलो रु त्यतिमात्र होइन हामीले जानेर नजानेर न्यापालिकाका प्रमुखलाई समेत व्यवस्थापिका भन्दा माथि राख्यौँ । यसबाट सायद हामीले लोकतन्त्रका गरिमालाई अवमूल्य गरिराखेका छौँ । यो विषयमा ध्यान पुगोस् ।’ यो विषय सामान्य लागेपनि सांकेतिक रुपमा निकै महत्वपूर्ण रहेको पनि बताए ।