Jamuna Gurung, NRNA ICC Member, Pic. by Krishna KC in Kathmandu 2014

गैर आवासीय नेपाली संघको नेतृत्वमा जमुना गुरुङ, नयाँ ध्रुवीकरण सुरु

Hollywood Khabar September 10,2017 Comments

कृष्ण के सी/अमेरिका
चुनावी माहोल र आपसी प्रतिस्पर्धा
गैर आवासीय नेपाली संघको आगामी २०१७-२०१९ को लागि नयाँ नेतृत्वलाइ लिएर गत एक वर्ष देखी नै छलफल र चुनावी कुरा चलेका हुन्। नेपालीहरुको विश्व बजारमा वर्तमान उपाध्यक्ष द्धय भबन भट्ट र कुमार पन्तबीच प्रतिस्पर्धा हुने भनेर लामो समय देखि खुलेयाम प्रचार भएको छ।
सँस्था भन्दा चुनावमा अगाडि जाने र संस्थाको नियमित र पाइपलाइनका काम बिचमा हुँदैगर्दा आकांक्षीद्धय भबन भट्ट र कुमार पन्तको सहभागिता कम भएको गुनासो बाहिर आएको छ। लाप्राक प्रोजेक्ट, एनआरएन मुख्यालय क्याम्पस, NRNA Vision 2020 and Beyond लगायत थुप्रै प्रोजेक्टहरुप्रति दुवैजनाबाट वास्ता कम हुनथाल्यो भनिन्छ।
पूर्व अध्यक्ष जिबा लामिछानेका अनुसार मात्र उपाध्यक्ष कुमार पन्त हिड्ने र जिबा लामिछाने उल्लेखित कुनै पनि कुराप्रति सहमत हुँदै नहुने अवस्थाले गर्दा ति सबै कुरा धरामपा पर्ने अवस्था आएको एकाथरीको बुझाइ छ।
अर्कातर्फ हङ्कङ्मा बसेर उपाध्यक्ष भबन भट्ट र उपाध्यक्ष कुमार पन्तबीच एउटा सहमति भएको र त्यो सहमति अनुसार सबै कुरा पूर्वअध्यक्ष जिबा लामिछानेका अनुसार हुनुपर्ने भन्ने कुरा उपाध्यक्ष भबन भट्टले मानेको र उपाध्यक्ष कुमार पन्त पुन अर्को एक कार्यकाल उपाध्यक्ष हुने भन्ने कुराले एनआरएनका अर्कातर्फको ठूलो जमातलाइ झस्कायो। अनि त्यो जमातले अर्को विकल्प खोज्न थाल्यो।
तेश्रो विकल्प र डा घलेको योगदान
उपाध्यक्ष द्वोयको अलायन्सकै कारण पनि तेश्रो विकल्प हेर्न थालियो भनिन्छ। बिधानले दिएको भए तेश्रो पटक (सँस्थापक अध्यक्ष उपेन्द्र महतो जस्तै) वर्तमान अध्यक्ष डा शेष घलेलाइ रोजिंथ्यो होला। तर बिधान त तेसो हुने अवस्था छैन। हुन त आगामी अध्यक्षमा प्रत्यासी हुने व्यक्ति आइसीसी सदस्य जमुना गुरुङ नै हो भन्ने कुरा धेरैलाइ अनुमान थियो। तर पनि उहाँले छलफल चलाएको या आकांक्षा ब्यक्त गरेको अवस्था कतै पनि थिएन। ऐले पनि सार्वजनिक रुपमा त्यो कुरा बाहिर आएको छैन। तर आकांक्षी हुन अस्विकार गरेको या होइन भनेको, खण्डन गरेको अवस्था पनि कतै छैन।
जमुना गुरुङको अनुभव र संभाव्यता
जमुना गुरुङ नै अध्यक्ष किन भन्ने कुरा अगाडी पनि केहि उल्लेख गरेको छु। योगदानका कुरा गर्ने हो भने अन्तिमका चारवर्ष सबैभन्दा धेरै समय दिने एनआरएनहरुमध्य जमुना गुरुङ पनि एक हो भन्दा अनर्थ लाग्दैनहोला। दशौँ पटक लाप्राक पुगेर, महिनौ बसेको हो। उसो त सबै जसो एनआरएनए गतिबिधिमा अध्यक्ष डा घलेसँग सहभागी भएर हरेक गतिविधिमा अध्यक्षले गर्ने कामको नजिकबाट गरेको राम्रो अनुभव छ आइसीसी सदस्य जमुना गुरुङसंग।
यति मात्र होइन सँस्था भित्रको रस्साकस्सि पर्दा पनि समाधान गर्न लागि परेका थुप्रै कथाका अनुभव पनि छ। यसर्थ मात्र होइन कि एक शिक्षिति र सफल ब्यबसायी पनि हो जमुना गुरुङ। एउटा संभावित मध्य दरिलो आकांक्षी हो। यदि यसो भयोभने अमेरिका, अष्ट्रेलिया, बेलायत, हंगकंग, कोरिया लगायतको ठूलो हिस्सा जमुना गुरुङतर्फ लाग्ने छ। डा घलेका फ्यानहरुलाई फेरि पनि अर्को उर्जा जाग्ने छ।
अध्यक्ष डा घलेको दुइ कार्यकाल
पहिलो कार्यकालमा अध्यक्ष डा शेष घलेको योगदान भनेको संस्थालाई संस्थागत गर्नु, अफिस ब्यबस्थापन, संस्थाको मुख्यालय क्याम्पस बनाउन अभियान चलाउनु, थुप्रै प्रोजेक्टहरु संचालन गर्नु, एनसीसीहरुको विस्तार गर्नु, यूके र अन्य धेरै एनसिसिहरुका विवादको समाधान, अमेरिकाको एनसीसीमा उर्जा ल्याउन सहयोग मात्र होइन एक महिना जस्तो लामो समय अमेरकाका बिभिन्न शहरमा गएर नेपालीहरुमा उर्जा थप्नु लगायत थुप्रै कुरा भएका थिए।
दोश्रो कार्यकालमा भने महाभूकम्प र बाढीपहिरो जस्ता दुइ-दुइवटा आपत्त्कालिन संकट आइलाग्नुले गर्दा कतिपय काम पछाडी परेता पनि संस्थालाई नयाँ युगमा लैजान सुरुवात गर्नु नै अध्यक्ष डा घलेको मुख्य योगदान हो। सँस्थाको मुख्यालय क्याम्पस, लाप्राक प्रोजेक्ट, “NRNA Vision 2020 and Beyond” बिशेष हेरिएका छन्।
अध्यक्ष डा घलेको NRNA Vision 2020 and Beyond एउटा यस्तो योगदान हो जसले यो वर्ष त ठूलो कुरा नदेखाउला तर आगामी समयमा संस्था र नेपाली जातिलाई बेग्लै मार्गमा लैजान सक्ने निर्दिष्ट बाटो सावित गर्नेछ। यसको सफल कार्यान्वयन भयोभने एनआरएनहरुमा डा शेष घले एउटा भिजन र सँस्थागत स्वरुप दिने बिराशत सावित हुने पक्का छ।
अध्यक्ष डा शेष घले र उपाध्यक्ष भबन भट्टको आपसी संबन्ध
अध्यक्ष डा शेष घले र उपाध्क्ष भबन भट्टको आपसी संबन्ध कसरी र कति लामो भन्ने कुरा एकिनका साथ त यो लेख्दै गर्ने ब्यक्तिलाई ज्ञान छैन। तर डा घले दोश्रो कार्यकालमा आकांक्षी हुने हो भने म आफु प्रतिस्पर्धी हुन्न र सघाउँछु भन्ने कुरा भने उपाध्यक्ष भबन भट्टले सार्वजनिक रुपमा नै व्यक्त गरेको थियो। गत निर्वाचनमा पनि उपाध्यक्ष दोहोरिएर सोही वचन पुरा गरेको कुरा सबैलाई थाहा छ। यो अर्थमा उपाध्यक्ष भबन भट्ट र डा घलेबीचको संबन्ध फरक बाटोमा जाला भन्ने धेरैको बुझाइ छैन। अब, दुइमा एक अवस्था हुन सक्छ, किन त भबन भट्टले सघाउनु पर्यो कि डा घलेले या दुवै आपसमा भिड्नु पर्यो

उपाध्यक्ष भबन भट्टको चार विकल्प
हुन त आफ्नो योजना भबन भट्ट जस्तो माहिर ब्यबसायीसँग पक्कै होला। त्यो अर्थमा मेरो हाइपोथेटिकल कुरा नमिल्न पनि सक्छ। तर पनि मैले गरेको टेण्डेन्सीको अध्ययनको बुझाइमा उपाध्यक्ष भबन भट्टका अगाडि यो अवस्थामा चार बिकल्प देखिन्छन। पहिलो हो, जो जो अगाडि आए पनि अध्यक्षको उम्मेदवार हुने। दोश्रो, डा शेष घलेको समर्थन लिएर कुमार पन्तसँग प्रतिस्पर्धा गर्ने। तेश्रो, जमुना घलेलाइ सघाएर जाने आफु ब्याक हुने। चौथो, उपाध्यक्ष कुमार पन्तलाइ फेरि उपाध्यक्ष बनाएर जमुना घलेसंग प्रतिस्पर्धा गर्ने।
उपाध्यक्ष कुमार पन्तसँग तीन विकल्प
जसरी उपाध्यक्ष भबन भट्टका चार विकल्प छन् उपाध्यक्ष कुमार पन्तको भने जम्मा तीन मात्र विकल्प अध्ययन गर्न सकिन्छ। पहिलो हो, अध्यक्षको उम्मेदवार हुने, आएजतिसँग लड्ने। दोश्रो, भबन भट्टसंग मिलेर दोश्रो पटक उपाध्यक्ष भएर जाने। तेश्रो हो, एकल रुमपा जिबा लामिछानेको समर्थनमा उपाध्यक्ष दोहोरिने।
स्मरणिय कुरा के हो भने जमुना घले र कुमार पन्तको अलायन्स हुने कुनै गुञ्जायस छैन। किन भनें जिबा लामीछानेले कुमार पन्त फुत्कन नदिने, जिबा र डा घले कहिलै नमिल्ने।
डा घले र जमुना गुरुङ अमेरिका आउने संभावना
यो बिषयमा लेखिरहँदा अध्यक्ष डा शेष घलेलाई अमेरिका आउने योजना छ कि भन्ने प्रश्न गरेको थिएँ। जवाफमा, कुरा त चलेको हो, बोलाउनु पनि भएको छ तर विश्व सम्मेलन सम्पन्न गर्नुपूर्व ३/४ हप्तामा थुप्रै काम गर्नुपर्ने, धेरै नै ब्यस्त भएको कुरा उहाँले बताउनु भएको छ। तर पनि जमुना घले आगामी अध्यक्षको प्रत्यासी हुने हो भने अमेरिकाको एक होइन दुइ होइन, तीन होइन, चार-चार वटा झगडा मिलाउनु जरुरी छ। तर्सथ पनि अध्यक्ष डा शेष घले र आइसीसी सदस्य जमुना गुरुङ अमेरिका आउने कुराको संभावना प्रवल छ।

उपाध्यक्ष भबन भट्ट पनि अमेरिका आउने संभावना
हुन त यो समय उपाध्यक्ष भबन भट्ट पनि अमेरिका आउने कुरा बिगत दुइ महिना अगाडि नै मसँग भएको नै हो। यो लेखिरहँदा पनि मिलाएर आउने प्रयास गर्ने बताउनु भएको छ।
उपाध्यक्ष कुमार पन्त पनि अमेरिका आउने प्रवल संभावना
धेरै भोट भएका कारण चुनावी माहोल तात्तिंदै गएकाले अध्यक्षका अर्का आकांक्षी उपाध्यक्ष कुमार पन्त पनि अमेरिका आउने प्रवल संभावना छ। यो कुराको कुनै आधिकारिक जवाफ भने आएको छैन।
अध्यक्ष डा घलेको अधिक समय झगडा मिलाउन खर्च हुने
अमेरिका आउँदा अध्यक्ष डा घले र आइसीसी सदस्य जमुना गुरुङको सबै भन्दा धेरै समय झगडा मिलाउनमा खर्चिनु पर्ने निश्चित छ। त्यसमाथि पनि भर्खरको निर्वाचनले बिभाजित भएको समुदायलाइ एकातिर मिलाउनको लागि त्यस्तो अर्को कुनै शक्ति पनि छैन। 
निर्वाचन जित्नको लागि गौरी जोसीलाइ थन्काएर आफुलाई सघाउने अनि आगामी विश्व सम्मेलनमा कुमार पन्तलाइ सघाउने बाचा-बन्धन गरेका डा केशब पौडेललाइ आफ्नोतर्फ फर्काउनु एउटा काम छ। अर्को कुरा २५०० को हाराहारीमा फ्लाश ड्राइभको फेक मतले जितेका डा केशब पौडेल र त्यसै कारण हराइएकी रबिना थापा टिमबीच आफ्नै रोहवरमा मिलाउनु पर्ने अर्को टड्कारो आवश्याक्ता छ।
त्यसैगरी, बजारमा आएको जस्तो क्षेत्रीय संयोजक सोनाम लामा र भबन भट्टबीचको अलायन्सले दुरी बढेको भनिएको अध्यक्ष डा घले र अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाबीचको दुरी घटाउनु पर्नेछ। लामालाई उताबाट होइन आफ्नै टिमबाट उपाध्यक्ष उठाउनु या भनौ टिममा मिलाउनु पर्ने अर्को काम छ।
उपाध्यक्ष कुमार पन्तले आफ्नो टिमको उपाध्यक्षको उम्मेदवार बनाएर जिताउंछु भनेर मच्चाएर मच्चाएर एनसीसी अमेरिकाका अध्यक्ष डा केशब पौडेल आफूतिर आएपछि थच्चाएर हुत्त गरेपछि घर न घाटको भएका आइसीसी सदस्य तथा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी र क्षेत्रिय संयोजक सोनाम लामाबीचको दुरी कम गराएर मिलाउनु पर्ने अर्को काम छ।
एनसीसी अमेरिकाका आउट गोइङ्ग तथा फर्जी मतले पुन: जितेका अध्यक्ष डा केशब पौडेलमा ति सबै झगडा मिलाएर लैजाने क्षमता, इच्छा र तत्परता केहि पनि छैन। मशिनको मतले जितेका उहाँको रोल भनेको एउटा मशिनको जस्तै मात्र हो, विवेक र सहकार्य भन्ने कुनै गुण नै छैन। अनि डा पौडेल मिलाएर लैजाने त्यो खालको नेतृत्व दिने व्यक्ति पनि होइन। अन्यथा नलिने हो भने, थर र जिल्ला अनि राजनैतिक पार्टीलाइन पनि मिलेर होला, नेपाली काँग्रेसका नेता राम चन्द्र पौडेलको जस्तै सबैलाई लात मार्ने एकलकाँटे बानी छ डा पौडेलमा।
यी सबै खालका झगडा नमिले एनसीसी अमेरिकामा ठूलो संख्यामा विभाजन आउनेछ। त्यो विभाजनले आगामी विश्व सम्मेलन र नेतृत्वमा अमेरिकालाइ त घाटा हुन्छ नै अरुलाई पनि असर पार्छ। त्यो सबै कारणले पनि अध्यक्ष डा घलेको अमेरिका आगमन महत्वपूर्ण र आवश्यक छ। त्यस बाहेक अध्यक्ष डा घलेले साधारण सभालाई संबोधन गर्ने र अन्य भेटघाट गर्ने काम भने हुने नै भए।