-नेपाली काँग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेल

जमानत गुम्ने अवस्थामा केपीले चुनाव गर्दैनन, नेपाली काँग्रेस केन्द्रिय सदस्य पौडेल

Hollywood Khabar December 30,2020 Comments

तनहुँ, पुस १६ गते

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपीले चुनाव नचाहेको बताएका छन्। नेपाली काँग्रेस तनहुँले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको उपलक्ष्यमा बिहीबार दमौलीमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

अहिलेको अवस्थामा चुनाव गरे जमानत जफत हुन्छ भन्ने कुरा केपीले राम्रोसँग बुझेका छन् चुनावको मिति घोषणा नाटक मात्रै हो’ केन्द्रीय सदस्य पौडेलले बताए । हार्ने अवस्थामा चुनाव नचाहने हुँदा सरकारलाई सडकबाट ढाल्नु पर्ने पौडेलले बताएका थिए। सडकमा आन्दोलन हुने डरले त्यसैले सक्ता लम्बाउनको लागि गरिएको नाटक भएको उनको भनाई थियो। संकटकाल लगायर सत्ता लम्बाउने सोच केपीको रहेको र आन्दोलनमा उत्रिनु पर्ने पौडेलले बताए।

केन्द्रीय सदस्य पौडेलले प्रधानमन्त्री भ्रष्टाचारले गन्हाएको बताए। वाईडबढी काण्ड, सञ्चार समग्री खरीद काण्ड, कोरोनो भाईरसको नियन्त्रणका लागि ल्याईएको सामग्रीमा कमिसन खाएकोले ढुङ्ग ढुङ्गती गन्याएको उनले बताए। विभिन्न भ्रष्ट्राचार काण्ड, न्यायलयमाथि हस्तक्षेप, संवैधानिक निकायहरुमा असंवैधानिक तवरबाट पदाधिकारी नियुक्त गर्ने मात्रै नभई प्रतिनिधी सभा भंग गरेर स्वच्छाचारी भएको केन्द्रीय सदस्य पौडेलले बताए। गन्हाएको केपीका सँग काँग्रेस मिल्दैन, उनको कर्तुत ढाक्ने मजेत्रो कांग्रेस बन्दैन’ पौडेलले भने। संसद पुर्नस्थापना भएपनि कांग्रेस सरकारमा जान नहुने उनको भनाई थियो।

कांग्रेस पाँच वर्ष सम्म सरकार बाहिर बस्न सङ्कल्प गरेको पार्टी हो, हाम्रा लागि सरकार प्रधान विषय हैन,कम्युनिष्टसँग मिलेर न सत्तामा जान्छौं न सडकमा जान्छौं केन्द्रीय सदस्य पौडेल भने। चुनाव पछि मात्रै कांग्रेस सरकारमा जाने उनको भनाई थियो। जहिले निर्वाचन हुन्छ त्यतिबेला गएर एक्लै जित्न चाहन्छौं त्यसपछि मात्रै कांग्रेस सरकारमा हुन्छ’ नेता पौडेलले भने।

संसद विघटनले देशमा संकट निम्त्याएको पौडेलको भनाई थियो। प्रधानमन्त्रीले विघटन गरेर अस्थिरतको द्योतक बनेको उनले आरोप लगाए। केपीका कदम विरुद्ध आन्दोलनमा उत्रिनु जरुरी रहेको उनले बताए। राष्ट्रियता जोगाउने हो, संविधान, लोकतन्त्र मूल्य र मान्यतालाई जोगाउने हो, समावेशी गणतन्त्र जोगाउने हो केपीले अपहरण गर्न खोजेका छन् अन्दोलनमा उत्रिनु पर्छ’ उनले भने। सत्ता भन्दा पनि जनताको त्याग र बलिदानीबाट ल्याईएको लोकतन्त्र भन्दा प्रधान कुरा हामीलाई केही हुन सक्दैन कांग्रेस सरकारमा जानु हुँदैन आन्दोलनमा उत्रिनु पर्छ’ पौडेलले भने।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले पार्टी भित्र हार्दिकता र एकता कायम गरी काँग्रेस बलियो हुनु पर्ने बताए। मन, वचन र कर्मले पार्टीलाई एक बनाउनु छ एकले अर्कोलाई घोचपेच गरेर हैन’ वाग्लले भने। तनहुँका सभापति वैकुण्ठ न्यौपाने पद्धतिमा भन्दा पनि व्यक्तिमा विश्वास गर्ने राजनीतिले संकट निम्त्याउने बताए । साथै न्यौपानेले नेताहरुले पार्टी कम र आफ्नो चिन्ता बढी गर्ने गरेको पाईएको उल्लेख गर्दै पार्टी कमजोर भयो भने आफ्नो भविश्य छैन भन्ने कुरा बुभ्mनु पर्ने बताए। पार्टीका सचिव विश्व वास्तोला, सदस्य पवित्रा पौडेल लगायतले जन नायक बीपी कोईराला, राष्ट्रियता, लोकतन्त्र संरक्षणको लागि एक ठाउँमा उभिनु पर्छ भन्ने कुरा हालको समयमा उत्तिकै सान्र्दभिक भएको कुरामा जोड दिएका थिए। कार्यक्रम कार्यबाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा भएको थियो।