Saudi Journalist Jamal Khashoggi

साउदी पत्रकार जमाल खशोगीको दूतावासभित्रै मृत्यू भएको पुष्टि, १८ गिरफ्तार २ बरखास्त

Hollywood Khabar October 18,2018 Comments

वाशिङटन पोष्टका स्तम्भकार साउदी अरेबियाका पत्रकार जमाल खाशोगीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यू भएको कुरा साउदी अरबेयाले पुष्टि गरेको छ। अक्टुवर २, २०१८ मा पत्रकार खाशोगी र वाणिज्य दूतावासभित्रैका मानिसहरूबीच भएको झगडाले मृत्युको भएको कुरा साउदीको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

घटनाको प्रतिक्रिया दिंदै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले खशोगीको हत्या साउदी अरेबियाले गराएको पुष्टि भए दण्डित गर्ने कुरा बताएका छन्।

यसको पुष्टि भएसँगै गुप्तचर अधिकारी अहमद अल-असिरी र राजपरिवारका सल्लाहकार साउद अल-कतानीलाई बर्खास्त गरिएको छ पनि बताइएको छ। सो घटनालाइ लिएर हाल सम्म १८ जनालाई गिरफ्तार गरिएको पनि बताइएको छ। टर्कीले सुरु देखि नै खशोगीको मृत्यू दूतावास भित्र नै भएको दावी गर्दै आएको थियो। सो घटनाले साउदीको लगानी र शेयर बजार नै खस्किएको बताइन्छ।