-तस्विर वेब

जाजरकोटको खलंगावासीले पिउने पानीमा दिसाका जीवाणु भेटियो 

Hollywood Khabar July 08,2019 Comments

२५ असार,जाजरकोट।जाजरकोट सदरमुकामस्थित खलंगावासीले पिउने पानीमा कोलिफर्म देखिएको छ।जिल्ला अस्पताल जाजरकोटले सदरमुकामका तीनओटा मुहानबाट लिइएको पानीको नमूना परीक्षण गर्दा सदरमुकामवासीले प्रयोग गर्ने खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म देखिएको हो।बुदबुदी खानेपानीको मुहानमा १४०  ईकोली (कोलिफर्म) देखिएको छ भने रानागाँउको खानेपानीमा २८ र जिल्ला प्रहरी कार्यालयको खानेपानीमा २६ ईकोली (कोलिफर्म) देखिएको जिल्ला अस्पतालका डा. केशर कार्कीले बताए।

केही दिनअघि कारागारका कैदी, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी र भेरी नगरपालिका ४ रानागाँउमा पखालाको प्रकोप फैलिदा करिब ३०० जना पखाला लागेर बिरामी भएका थिए।डा. कार्कीका अनुसार कोलिफर्मको मात्रा बढी हुनु भनेको पानीमा दिसाका जीवाणु समेत हुनु हो। पानीमा दिसाका जीवाणुयुक्त पानी पिउँदा झाडापखाला, टाइफाइड लगायत रोगको संक्रमण हुने गर्दछ।