तस्बिर वेब

जाजरकोटमा बस दुघर्टना:मृत्यु भएका चार मध्ये तीनको सनाखत

Hollywood Khabar February 14,2019 Comments

३ फागुन जाजरकोट।जाजरकोटमा बस दुघर्टनामा परि मृत्यु भएका चार मध्ये तीन जनाको सनाखत भएको छ।मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका–४ छाँचुका मुनबहादुर बोहरा,बाँके जिल्ला खजुरा–२ का बसका सहयोगी हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारी रहेको निमित्त जिल्ला प्रहरी प्रमुख केशर कार्कीले बताए।

घाइते पश्चिम रुकुम आठबीकोट–१३ का लालबहादुर थापा र आठबीसकोट–११ का भरत चन्दलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।जाजरकोट नलगाड–५ कालिमाटीका विवश बोहरालाई शुक्रबार बिहान थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको भे १ ख १३२९ नम्बरको यात्रु बाहक बस बिहीबकार राति जाजरकोट भेरी–१ रिम्न स्थित कुइनेउटामा दुर्घटना भएको हो।