-उपप्रधान तथा रक्षामन्त्रीद्वारा नेपाली सेनाको जंगी अड्डाको निरीक्षण

उपप्रधान तथा रक्षामन्त्रीद्वारा नेपाली सेनाको जंगी अड्डाको निरीक्षण

Hollywood Khabar April 08,2019 Comments

माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले २०७५ चैत्र २६ गते जंगी अड्‍डास्थित नव निर्मित भवनको निरीक्षण भ्रमण गर्नु भएको छ ।

उहाँलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डा परिसरमा स्वागत गर्नु भएको थियो। उक्त कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु र रक्षा मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले विज्ञप्तिमा उल्लेख गरेको छ।