- उद्दार गरिएकाहरू

इराक लैजान खोजिएका  १४७ महिला र ३२ पुरुषको भारतबाट उद्दार

Hollywood Khabar February 17,2019 Comments

६ फागुन,काँकडभिट्टा।नेपालबाट भारत र म्यानमार हुँदै इराक लैजान खोजिएका १४७ महिला र ३२ पुरुषलाई उद्दार गरिएको छ। भारतको मणिपुरको इम्फालबाट म्यानमार हुँदै इराक लाँदै गरिएकाहरूलाई उद्दार गरिएको माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेले जानकारी दिए।मनव तस्करले भारत मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमारको बाटो हुँदै उनीहरूलाई इराक लैजान लागेको गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा उनीहरूलाई उद्दार गरिएको हो।

तस्करीमा संलग्न एक महिला सहित ९ जना आरोपीलाई पनि नियन्त्रणमा लिइएको माइती नेपालका पूर्वाञ्चल प्रमुख घिमिरेले बताए।आइतबार उद्दार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएकोमणिपुरका मुख्यमन्त्री एन वीरेनले बताए। माइती नेपालले उनीहरूको उद्दारका लागि भारतस्थित नेपाली दूतावास र महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सरकार, मणिपुरस्थित गोरखा दुःख निवारण समिति जस्ता संस्थाहरूसँग समन्यव गरेको थियो।