Picture:Apple.com

एप्पलको तीनवटा नयाँ आइफोन रिलिज, प्रिअर्डर अक्टुवर १९ बाट

Hollywood Khabar September 12,2018 Comments

कृष्ण के सी/अमेरिका
एप्पलले आफ्नो नियमित आइफोनका दुइ नयाँ सिरिज र एउटा नयाँ XR भर्शन रिलिज गरेको छ।
एप्पलको 8S, XS र XR तीनवटा सिरिजहरु आफ्नो साइटबाट रिलिज गरेको हो। यो पटकका आइफोनमा थुप्रै बिशेषताहरु छन। खासगरी लिक्विड रेटिना डिस्प्ले, फ़ास्टर स्पिड, सबै भन्दा स्मार्ट, सबै भन्दा पावरफुल चिप्स, ब्याक थ्रु क्यामेरा र मनमोहक डिजाइन र कलर छनोट छन्।

त्यसैगरी फ्रन्ट स्क्रिन ठूलो छ, होम बटन हटाइएको छ, धुलो र पानीबाट पनि रेसिस्ट भनिएको छ। सबैभन्दा राम्रो कुरा त वायरलेस चार्ज हुने हो। चार्जमा राखेर हेड्सेटबाट कुरा समेत गर्न सकिनेछ। फेस आइडीबाट स्क्रिन खुल्ने यो अमार्ट फोन सबैभन्दा स्माटेस्ट भनिएको छ।

फोन जति लोभ लाग्दा भए पनि प्रिअर्डर भने अक्टुवर १९, २०१८ मा गर्न सकिने र डेलिभरी अक्टुवर २६, २०१८ मा दिन सकिने जानकारी दिइएको छ। फोन भने महंगा पक्कै छन्। $ ७४९ प्लस ट्याक्समा पेड अफ र $३७.४१ प्रतिमहिनाले $९०० प्लस ट्याक्स हुन आउँछ। तर पनि आइफोका फ्यानहरु भने अर्डर गर्न लालायित भएर बेसका छन्।