Hollywoodkhabar advertisement

इण्टर्स्टेट ५८० मा गोली चल्दा ४ घाइते, २ को अवस्था गंभिर

1M

-इण्टर्स्टेट ५८० मा गोली चल्दा ४ घाइते, २ को अवस्था गंभिर
0
shares

क्यालिफोर्निया हाइवे प्याट्रोलले ५८० फ्रिवे १०६ एभिन्यू, ओकल्याण्डमा भएको शुटिङमा ४ व्यक्ति घाइते भएको र घटनाको अनुसन्धान हुँदै गरेको बताएको छ।

जुलाई १, २०२० दिउँसो ३:३० मा भएको गोली काण्डमा कालो रंगको इन्फिनिटी M35 गाडिमा रहेका व्यक्ति माथि गोली प्रहार हुँदा उनीहरु घाइते भएको कुरा हाइवे प्रहरीले बताएको छ। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ। उनिहरु सकुशल रहेता पनि २ जना सामान्य अवस्थामा र २ जना भने गंभिर रुपमा गाइते भएका छन्।