इन्सेक तनहुँले मानवअधिकार वर्ष पुस्तकको समिक्षा गर्यो 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

151 views
-मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको पुर्व अर्ध वार्षिक समिक्षा कार्यक्रम

९,असार,दमौली।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)तनहुँले मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको पुर्व अर्ध वार्षिक समिक्षा तथा जिल्लाको मानवअधिकारको अवस्थाबारे छलफल गरेको छ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य विष्णुभक्त सिग्देलले मानवअधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने भन्दै संविधान मानवअधिकारका केही विषय वस्तुलाई मौलिक हकको रुपमा व्यवस्था गरेको हुँदा ति हकहरु जनताले प्रत्याभुत गर्न पाउनु पर्ने बताए।सिग्देलले अहिले शान्तीपुर्ण प्रतिश्पर्धाको माध्यमबाट आफ्ना लोकतान्त्रिक अधिकारहरु प्राप्त गर्न सकिने भएपनि केहीले फेरी हतियारको युद्ध गर्न  खोजेको हुँदा त्यसलाई नियन्त्रण गर्नु राज्यको  कर्तब्य भएको बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकराज सुवेदीले मानवअधिकारको विषय राज्यको हैषियतसँग पनि सम्बन्ध राख्ने हुँदा राज्यले आफ्नो हैसियतअनुसार नै मानवअधिकारको प्रत्याभुती गराईरहेको बताए ।सुवेदीले  राज्य मानवअधिकारको संरक्षक भएको कारण मानवअधिकारको संरक्षण गर्ने क्रममा  कमजोरी  भएमा   र इन्सेक जस्ता मानवअधिकारबादी संघ संस्थाले राज्यलाई खबरदारी गरिरहनु पर्ने  बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विकास थापाले जनताको जिउ धनको सुरक्षाको लागि विप्लव समुहलाई राज्यले नियन्त्रणमा लिएको हुँदा त्यसलाई मानवअधिकार हननको रुपमा लिन नहुने बताए ।थापाले घटना कानुन कार्यान्वयनकै क्रममा भएको हुँदा यसलाई सहयोगग गर्नु सबैको कर्तब्य  भएको बताए।नेपाल पत्रकार महासंघ तनहुँका  अध्यक्ष ओमकार आचार्यले मानवअधिकारको विषय वस्तुको बारेमा सबै नागरिकले जानकारि राख्न  सकेमा महिला तथा बाल अधिकार हननका घटनाहरुमा कमी आउन सक्ने बताए ।

मानवअधिकार निगरानी समुहका अध्यक्ष रामलिला सुवर्णकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले पछिल्लो समयमा महिला तथा बालबालिका र जेष्ठ नागरिकहरु पीडित हुँदै गएको बताए । मानवअधिकार वर्ष पुस्तकले जिल्लाको मानवअधिकारको यथार्थ जानकारी दिने हुँदा यसमा महिला तथा बालबालिका पीडितभएका घटना समावेश गर्नु पर्ने उनीहरुको भनाई थियो ।कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०१९ को ६ महिनाको तनहुँ जिल्लाको मानवअधिकारको अवस्था तथा मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको प्रतिबेदन प्रस्तुत गरेका थिए ।