जनसम्पर्क विश्व संजाल प्रति काँग्रेसको ध्यानाकर्षण

Hollywood Khabar August 22,2018 Comments

कृष्ण के सी/अमेरिका

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीको अध्यक्षतामा गठन गरिएको भनिएको नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति यसलाई कतै कतै विश्व संजाल पनि भएको बनाइएकोप्रति  नेपाली काँग्रेसले आफ्नो गंभीर ध्यानाकर्षण भएको बताएको छ।

७ भद्र २०७५ मा पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा विश्व भरिका सबै जनसम्पर्क समितिहरुको नाममा प्रेसित पत्रमा समिति बनाएको कुरा इन्कार गरिएको छ। पत्र अनुसार तेस्तो समिति वा विश्व संजाल बनाएको समाचार र सामाजिक संजाल समेतमा देखिएको र सुनिएकोले सो कुरामा पार्टीको कुनै निर्देशन, अनुमति र संलग्नता नभएकोले भ्रममा नपर्न भनिएको छ।