-Picture: NRNA President, Bhaban Bhatta facebook timeline

पूर्वाधार लगानी बैंकको कारोबार बिधिवत रुपमा सुरुभयो

Hollywood Khabar March 05,2019 Comments

सन्तोष प्रणामी/ललितपुर

भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पु-याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको हो।

चालीस अर्ब अधिकृत पूँजी र २० अर्ब जारी पूँजीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक बुधवारदेखि सञ्चालन भएको हो। सर्वसाधारणको ४०, व्यक्तिगत ४ दशमलव ९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २० दशमलव ८९, बीमा कम्पनीको १८ दशमलव ९७ लगानीमा स्थापना भएको उक्त बैंकको अर्थमन्त्री डा युवराज खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा उद्घाटन गरे।

एक दशकअघि दुई अर्ब पूँजी भएका बैंकको कोषमा सात अर्ब पुगेको तुलनात्मक विवरण प्रस्तुत गर्दै अर्थमन्त्रीेले निक्षेप सङ्लनमा नयाँ बैंकले प्रतिस्पर्धा नगरोस् भन्ने आफ्नो चाहना भएको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पारदर्शी ढङ्गले काम गर्न निर्देशन दिँदै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने राज्यका लक्ष्य प्राप्तिमा सक्रिय रहन आग्रह गरे। बैंकका अध्यक्ष अनुज अग्रवालले समृद्ध नेपाल, सुखी नेपाली अवधारणालाई साकार पार्न दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्घाटनमा गैरआवासीय नेपाली संघका अध्यक्ष भबन भट्ट लगायत उद्योग ब्यबसायीहरुको उपस्थिति थियो।