Indo-Pacific Command: Commander Admiral Philip S.Davidson in Nepal

अमेरिकी Indo-Pacific Command कमाण्डर Admiral Philip S.Davidson नेपालमा

Hollywood Khabar January 09,2019 Comments

मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको United States Indo-Pacific Command (USINDOPACOM) का कमाण्डर Admiral Philip S.Davidson २ (दुई) दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा २०७५ पौष २६ गते काठमाण्डौं आउनु भएको छ ।

उहाँलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो। उहाँले टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण समेत गर्नु भएको थियो। उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

सोही क्रममा उहाँले आजै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभयो। भेटवार्ताका क्रममा नेपाल स्थित अमेरिकी राजदूत Mr Randy W Berry पनि उपस्थित हुनु भई द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भयो ।

साथै नेपाल भ्रमणको क्रममा Admiral Philip S.Davidson ले सम्मानीय प्रधानमन्त्री केपी शर्मा वली तथा माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छुट्टा-छुट्टै भेटवार्ता गर्ने योजना रहेको छ।

यस बाहेक नेपाली सेनाको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी उहाँ २०७५ पौष २७ गते स्वदेश फिर्ता हुनुहुने कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्ति मार्फत जनाएको छ।