-NRNA NCC USA:इन्दिरा त्रिपाठी बरिष्ठ उपाध्यक्ष उम्मेद्धार

NRNA NCC USA:महिला संयोजक इन्दिरा त्रिपाठीद्धारा बरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दर्ता

Hollywood Khabar April 18,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९-२०२१ निर्वाचनमा लस एन्जलस निवासी महिला संयोजक इन्दिरा त्रिपाठीले बरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेकी छन्।

त्रिपाठीको अपिल:

अमेरिकावासी आदरणीय एनआरएनको आजीवन, साधारण र अन्य सदस्य महानुभावज्यूहरुमा नमस्कार;

नयाँ बर्ष २०७६ सालको मंगलमय शुभकामना सहित एनआरएन अमेरिकाको निर्वाचनको माहौलमा मैले आफ्नो उम्मेदवारी वरिष्ठ उपाध्यक्ष पदमा दाखिला गरेको यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु ।

बरिष्ठ उपाध्यक्ष पदमा मेरो उम्मेदवारीको प्रस्ताव गर्नुहुने समाजसेबी मित्र उपेन्द्र सापकोटा र समर्थन गर्नुहुने सामाजिक अभियान्ता नेत्र प्रसाद मैनालीलाई धरै धन्यवाद गर्दै मेरो यो उम्मेदवारीको लागि निकै सहज वातावरण गराउनु हुने, सहयोगीहरुप्रति निकै आभारी छु ।

हाल वर्तमान कार्यसमितीको महिला संयोजक भई बिभिन्न समितिमा रहेर सक्रिय रुपले काम गरेको यहा समक्ष छर्लंग छ र समयको कमीले केहि काम अझै गर्न इच्छुक रहेकोले यहांहरुलाई जानकारी गराउन चाहन्छु र एनआरएन अमेरिका हाम्रो राम्रो र एक पटकको नेपाली संधैको लागी नारा लिएर यस सम्बब्धि आइपर्ने कामहरु निरन्तर गर्न प्रयास गर्ने छु।

बिगतमा यहाँहरुले महिला संयोजक पदमा मलाई जिताउन सहयोग गर्नुभएकोले फेरी पनि पून सहयोग, साथ अमुल्य मतको अपेक्षा गर्दछु ।

धन्यवाद !

जय एनआरएन !!

इन्दीरा त्रिपाठी

महिला संयोजक एवं बरिष्ठ उपाध्यक्ष उम्मेद्धार (२०१९ - २०२१)

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका