राजदुत जयन्त प्रसाद,तस्बिर साभार गुगल

भारतीय सेना प्रमुखले नेपालमा भारतसँगको सीमा विवादलाई लिएर दिएको अभिव्यक्ति खराब बयान-भारतीय कूटनीतिज्ञ

Hollywood Khabar May 22,2020 Comments

१० जेठ काठमाडौँ।भारतीय सेना प्रमुखले नेपालमा भारतसँगको सीमा विवादलाई लिएर भइरहेको विरोध अरु कसैको उक्साहटमा गरिएको भनी दिएको अभिव्यक्ति खराब बयान (इल एडभाइज्ड) रहेको एक वरिष्ठ भारतीय कूटनीतिज्ञले बताएका छन्।नेपालमा राजदूतको पदमा रही भारतीय विदेश सेवाबाट अवकाश प्राप्त जयन्त प्रसादले सेना प्रमुखको त्यो अभिव्यक्ति ‘इल एड्भाइज्ड’ रहेको बताएका हुन्। चेन्नईबाट प्रकाशित अंग्रेजी दैनिक ‘द हिन्दु’ मा शनिबार प्रकाशित ‘लोअर द टेम्परेचर, डिफ्युज द इस्यू’ शीर्षकको लेखमा राजदूत प्रसादले सेना प्रमुखको अभिव्यक्तिले त्यो अरु कसैका लागि समस्या बढाउन सहज पार्ने आशंका व्यक्त गरेका छन्।

सेना प्रमुख मनोज मुकुन्द नरावणेले दिल्लीको इन्स्टिच्युट फर डिफेन्स स्टाडिज एण्ड एनालिसिसद्वारा आयोजित एक अन्तर्क्रियामा लिपुलेकसँग जोडिने भारतीय सडकको उद्घाटनपछि नेपालमा भएको विरोधबारे नाम नलिई चीनले त्यसलाई उक्साएको आरोप लगाएका थिए।राजदूत प्रसादले सेवाबाट अवकाश प्राप्त गरिसके पनि उनको अभिव्यक्तिले भारतीय सेनापतिको टिप्पणीबारे त्यहाँको विदेश मन्त्रालय प्रसन्न नभएको अड्कलबाजी बढ्न थालेको छ।

समस्या अरु बढेमा  नेपाल–भारत सम्बन्ध बिग्रँदा अरुले त्यसको फाइदा उठाउने हुँदा अहिले चढेको पारो तल झार्दै समस्या समाधानमा लाग्नुपर्ने राजदूत प्रसादले बताएका छन्।सार्वजनिक रुपमा विवाद चर्काउदा दुई पक्षीय मित्रता प्रत्युत्पादक हुने खतरातर्फ पनि उनले संकेत गरेका छन्।