तस्बिर साभार वेब

भारतमा टिकटकलाई गुगलले प्रतिबन्ध लगायो !

Hollywood Khabar April 16,2019 Comments

४ वैशाख ,काठमाण्डौं।लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई गुगलले भारतमा ‘ब्लक’ गरेको छ।भारतको सर्वोच्च अदालतले टिकटकबारे २२ अप्रिलमा सुनुवाइ गर्ने बताएको केही घन्टापछि गुगलले लोकप्रिय चिनियाँ एपलाई प्रतिबन्ध लगाएको हो।मद्रास उच्च अदलतमा टिकटक बन्द गर्न माग गर्दै मुद्दा परेको थियो। मद्रास उच्च अदालतमा यो विषयमा सुनुवाइ जारी छ।सोही कारण देखाउँदै भारतीय सर्वोच्च अदालतले यो विषयमा पछि निर्णय गर्ने जनाएको थियो ।

मद्रास उच्च अदालतले अप्रिल ३ मा टिकटकले बालबालिकामा पोर्न सामग्री पुर्याएको, यौनजन्य अपराध फैलाउन सक्ने भन्दै प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो।टिकटकले युवाको भविष्य तथा बच्चाको दिमाग बिगारिरहेको न्यायाधीश हरूको व्याख्या थियो।

राज्य तह अदालतले माग गरे बमोजिम अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको केही घन्टापछि गुगलले टिकटक ब्लक गरेको हो।भारतीय सञ्चार माध्यमहरुका अनुसार सर्वोच्चले प्रतिबन्ध लगाउन अस्वीकार गरेको सो विषयमा सरकारी अधिकारीहरुले गुगल र एप्पललाई पत्र पठाएर ब्लक गर्न अनुरोध गरेका हुन्। एजेन्सी