प्रधानमन्त्री केपी शर्मा ओली

भारतले 'नक्कली अयोध्या' खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्यो : प्रधानमन्त्री

Hollywood Khabar July 12,2020 Comments

२९ असार काठमाण्डौं।भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो- भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्य माथि अतिक्रमण गरेको छ।नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताउनु भएको हो।भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ।तथ्यहरुमा अतिक्रमण भएको छ।हामी अहिले पनि ठानिरहेका छौँ, हामीले‘सीता’ भारतका राजकुमार रामलाई दियौँ।भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले।अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो।अहिले खडा गरिएको अयोध्या होइन।अयोध्या भीषण विवाद छ है,त्यहाँ ।हाम्रोमा विवाद नै गर्नुपर्दैन।अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही(नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका ।त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन । 

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्नसमेत गर्नुभयो।त्यो समयमा कुनै सञ्चार सुविधाविना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उहाँको आशय थियो।

कार्यक्रममा उहाँले भन्नुभयो, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन, न मोबाइल कताबाट थाहा होस्।थाहा हुन सम्भव थिएन ।नजिकै पर्थ्यो, सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरि एक हमलामाथि अर्को...।’