कृष्ण के सी/अमेरिका
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो प्रशाशनको नीति अनुरुप नै आफू रहेको र अमेरिका इमिग्रेण्टहरुको शिविर बन्न नदिने कुरा बताउनु भएको छ।
यसै हप्ता थुप्रै सिनेटर र कंग्रेस म्यान/ओम्यानहरुले गरेको डिटेन्शन सेन्टरको निरीक्ष र पछिल्लो बोर्डर सुरक्षामा जिरो टलरेन्सी नीति अनुरुप भएका थुप्रै बच्चाहरुलाई परिवारबाट छुटाइएको आरोपको जवाफमा राष्ट्रपतिले व्हाइट हाउसमा सो कुरा राख्नु भएको हो। हालैका दिनहरुमा अनडकुमेण्टेड इमिग्रेण्टहरुको भारी मात्रामा गिरफ्तारी भएको छ।
राष्ट्रपति ट्रम्प भन्नुहुन्छ अमेरिका इमिग्रेण्टको शिविर बन्दैन
