Hollywoodkhabar advertisement

२० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने तरखरमा सरकार

0
shares

९ असोज काठमाण्डौं।सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ।पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो।

काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पुर्याएको छ।यसलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी रहेको छ।काठमाडौं र पोखरा बाहेकका क्षोत्रमा भेहिकल फिटनेस र यातायात व्यवस्था विभागका प्राविधिकले सवारी चल्न योग्य भएको प्रतिवेदन पेस गरेका आधारमा सञ्चालन गर्न खोजिएका हो।

लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने मन्त्रालयको उच्च अधिकारीको दाबी छ। ‘अहिलेका नयाँ गाडीभन्दा ती पुराना गाडी धेरै स्तरीय छन्,’ नाम नबताउने शर्तमा ती अधिकारीले भने, ‘उमेर बढेसँगै गाडी मानिस जस्तो बुढा हुँदैन।
 

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----