-राष्ट्रपति निर्वाचित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमल ह्यारिसको इनग्रेशन

राष्ट्रपति निर्वाचित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमल ह्यारिसको इनग्रेशन

Hollywood Khabar January 19,2021 Comments

जनवरी २०, २०२१ बुधबार राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन। शपथ ग्रहणमा “I do solemnly swear that I will faithfully execute the Office of President of the United States, and will to the best of my ability, preserve, protect and defend the Constitution of the United States” को प्रतिज्ञा गरिएको हुन्छ। यसमा George Washington ले so help me God भन्ने वाक्यांस थप गरे। यो थप गरिएको वाक्यांसलाई Theodore Roosevelt बाहेक सबैले शपथ ग्रहणमा ग्रहण गरेका छन्।

एबिसी न्यूजका अनुसार शपथ ग्रहणमा सबै राष्ट्रपति निर्वाचितले हातमा बाइबल लिने गर्छन। तर John Quincy Adams ले कानुनको किताबलाइ हातमा लिएर शपथ लिएका थिए। त्यसैगरी Theodore Roosevelt चाहिँ बाइबल हातमा लिएनन्। २०१३ मा राष्ट्रपति बाराक ओबामाले दुइ वटा बाइबल एकै साथ लिएर शपथ लिए। एउटा अब्राहम लिंकनको र अर्को मार्टिन लुथर किङ्ग जुनियरको बाइबाल। तर उपराष्ट्रपतिले चाहिँ राष्ट्रपतिको भन्दा अलि फरक रुपमा शपथ लिने चलन छ। उनीहरुको शपथ अलिकति लामो हुनेगर्छ। उपराष्ट्रपति चाहिँ कंग्रेसको सदस्य र अन्य उच्च सरकारी पदाधिकारीको जस्तो हुने हुन्छ।

अमेरिकी इतिहासमा नै पहिलो उपराष्ट्रपति कमला ह्यारिसले कसरी शपथ लिने हो त्यो चाहिँ बाँकी छ। उपराष्ट्रपतिको शपथ ग्रहणका शब्दहरु- "I do solemnly swear that I will support and defend the Constitution of the United States against all enemies, foreign and domestic; that I will bear true faith and allegiance to the same; that I take this obligation freely, without any mental reservation or purpose of evasion; and that I will well and faithfully discharge the duties of the office on which I am about to enter: So help me God." हुन्छन। अमेरिकी इतिहासमा नै पहिलो उपराष्ट्रपति कमला ह्यारिसले कसरी शपथ लिने हो त्यो चाहिँ बाँकी छ।