-ललितपुरको इकुडोलमा वडास्तरिय शैक्षिक सुधार कार्यक्रम

ललितपुरको बागमती पालीका इकुडोलमा वडास्तरिय शैक्षिक सुधार कार्यक्रम

Hollywood Khabar April 16,2019 Comments

सन्तोष दाहाल/ललितपुर

वाग्मती गाउँपालिका वडा ५ इकुडोलको आयोजनामा वडास्तरिय शिक्षा नीति कार्यान्वयननार्थ, शैक्षिक सुधार कार्यक्रम अन्तर्गत, तीन दिने शिक्षण क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ।

नागरिक आवाजको सहयोगमा गोदावरी नगरपालिका वडा ६ टीकाभैरवमा रहेको आनन्दवन लेप्रोसी हस्पिटलको सभा हलमा उक्त कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने छ ।

कार्यक्रममा इकुडोलका जनजागृती, शारदा शिक्षा सदन मावि, विज्ञानप्रभा, ज्ञानोदय, शान्ति र स्याउरीभुमी आधारभुत विद्यालयका शिक्षक, शिक्षिका गरि ४० जनाको सहभागीता रहेको वडाध्यक्ष साजन दर्लामी मगरले बताए।

दर्लामीले वाग्मती गाउँपालिकाको ७ वटा वडामध्ये शिक्षा नीतिमा एकरुपता ल्याउन, पठन पाठन, शिक्षण पद्दती, शिक्षण शैलीलाई एकरुपता ल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए। वाग्मती गाउँपालिकाको वडा न ५ कार्यालयले वाग्मती गाउँपालिका भित्र शिक्षा नीतिमा पहिलो वडाको रुपमा उभ्याउदै आयोजित यो कार्यक्रम बैशाख ५, ६ र ७ गतेसम्म तीन दिन चल्ने छ।

यो कार्यक्रममा नवराज संजेल, दिनेश संजेल, दुर्गा वली, वासुदेव घिमिरे, सुमित्रा घिमिरे, अन्जु पाण्डे लगायतले प्रशिक्षण दिने छन् ।

कार्यक्रममा सहभागी शारदा शिक्षा सदन मावि, माझखण्डकी प्रअ सुन्तली डिम्डुङ तामाङले तीनदिने कार्यक्रमले वडाभित्रका शिक्षक, शिक्षिकाबीच भाईचारा, पारस्परिक शिक्षण सम्बन्धि छलफल, परिचय, प्रशिक्षकहरुले दिएको प्रशिक्षणले शिक्षण सिकाई पद्दतिमा आमूल परिवर्तन हुने बताईन। उनले भनिन, यो प्रशिक्षणले इकुडोलका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमा शैक्षिक सत्र २०७६ को सुरुवातीमा संचालन गरिएको शिक्षण कार्यक्रमले विशेष महत्व दिनेछ ।

तीन दिनसम्म संचालन हुने कार्यक्रमको वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले उदघाटन गरेका थिए। कार्यक्रमको उदघाटन सत्र, वाग्मती ५ का वडाअध्यक्ष साजन दर्लामी मगरको अध्यक्षतामा, वाग्मती ३ का वडाअध्यक्ष विष्णु तिमल्सिना लगायतका सरोकारवालाहरुको आतिथ्यता, सहभागितामा रहेको थियो।