तस्बिर वेब

आईसीसी एकदिवसीय विश्वकपमा भारतलाई फेरि झड्का

Hollywood Khabar June 16,2019 Comments

२ असार काठमाण्डौं।आईसीसी एकदिवसीय विश्वकपको उपाधिको प्रबल दाबेदार भारतलाई फेरि झड्का लागेको छ।भारतका मुख्य बलर भुवनेश्वर कुमारले चोटका कारण तीन खेल खेल्न नपाउने भएपछि यसरी झट्का लागेको हो।पाकिस्तान विरुद्वको खेलमा घाइते भएका तीव्र गतिका बलर भुवनेश्वर कुमारले आउँदा २ देखि ३ खेल गुमाउने भएका छन्।पाकिस्तानविरुद्ध बलिङ गर्ने क्रममा देब्रे खुट्टा पिचमा चिप्लिएपछि उनलाई चोट लागेको थियो।उनले २ ओभर ४ बल बलिङ गर्दै मैदान छाडेका थिए।

खेलपछि भारतीय कप्तान विराट कोहलीले भुवनेश्वरले अफगानिस्तान र वेष्ट इण्डिज विरुद्धको खेल गुमाउने बताएका छन्।उनका अनुसार, भुवनेश्वरले इङ्ल्याण्ड विरुद्धको खेल समेत गुमाउन सक्नेछन्।

’भुवनेश्वरलाई चोट लागेको हैन,बलिङ गर्न थोरै असहज मात्र भएको हो’,विराटले भने,‘खुट्टा टेक्ने बेलामा थोरै चिप्लिएको मात्र हो।उनलाई केही दिन आराम दिने छौँ।आशा छ, उनले तीनभन्दा धेरै खेल गुमाउने छैनन्।’भारतका ओपनर शिखर धवन पनि अस्ट्रेलियाविरुद्धको खेलमा औँलाको चोटका कारण दुई हप्ता मैदान बाहिर छन्।

यसैगरी आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस(डीएल) पद्धतिको आधारमा ८९ रनले पराजित गरेको थियो।जितसँगै तेस्रो स्थानको भारतले ४ खेलबाट ७ अंक जोडेको छ।