NRNA NCC USA Official LOGO

NRNA अमेरिका चुनाब: ६ सिटमा १० जना ICC सदस्यका उम्मेद्वार, को कता पर्ने ?

Hollywood Khabar April 28,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२९ /१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा ६ जना अन्तराष्ट्रिय समन्वय परिषद (ICC) सदस्यको लागि १० जना प्रतिपर्धी रहेका छन्।

आइसीसीको बिधान अनुसार पहिलो ५ हजार सदस्यसम्म प्रतिहजार एकजनाका दरले ५ जना, थप २ हजारको १, थप ३ हजारको अर्को १, थप ४ हजारको अर्को १ हुँदै जाने ब्यबस्था बिधानमा छ। अमेरिकाको सदस्य संख्या ९ हजार भएकोले ५+ १ = ६ जना मात्र सदस्यको लागि यो पटक निर्वाचन हुनेछ। ७ औं सदस्य हुन् १० हजार भन्दा धेरै पंजीकृत सदस्य हुनु पर्दथ्यो।

कतिपय व्यक्तिहरुले यसलाई ७ जना हुन्छ भनेर व्याख्या गरेता पनि अन्तराष्ट्रिय परिषदका महासचिव डा बद्रि के सीका अनुसार बिधानलाइ कसैले परिवर्तन गर्ने अधिकार छैन। यसर्थ त्यो संख्या ६ मात्रै हो ७ होइन, महासचिव डा के सीले हलिउडखबरसँग किटानसाथ भने।

यो पटक मैदानमा उत्रेका १० जनामा वर्तमान उपाध्यक्ष राम कुमार सुवेदी, उपाध्यक्ष जेदु पोख्रेल, सचिव होम गौतम, कोषाध्यक्ष डा प्रकाश अर्याल, युवा संयोजक स्वराज खाती, बोर्ड सदस्य बिष्णु शाह, बोर्ड सदस्य बिन्दु सापकोटा, बोर्ड सदस्य तृष्णा शर्मा, पूर्व सचिव शंकर खड्का र पूर्व बोर्ड सदस्य शिव राज पौडेल रहेका छन्।

यसमध्ये अध्यक्ष सुनिल साहको टिमको लागि छनोट गरिएको भनिएको लिष्टमा राम कुमार सुवदी, जेदु पोख्रेल, बिष्णु शाह, तृष्णा शर्मा, शंकर खड्का र शिव राज पौडेल रहेका छन्।

अर्का अध्यक्षका उम्मेदवार सुर्य लम्सालले ऐले सम्म लिष्ट फाइनल गरेका छैनन्। तर पनि होम गौतम, डा प्रकाश अर्याल, स्वराज खाती, बिन्दु सापकोटा रहने भन्ने पक्का नै छ। अनिवार्य रुपमा ६ मत दिनुपर्ने भएकोले ओभर ल्याप पाउने भाग्यमानी दुइ उम्मेदवारहरुमा संभवत तृष्णा शर्मा र विष्णु शाह पर्लान।

अध्यक्ष संजय थापाको टिमबाट पिक लिष्ट नभएता पनि डा प्रकाश अर्याल, होम गौतम, स्वराज खाती, बिन्दु सापकोटा, तृष्णा शर्मा नै पर्ने संभावना रहेको छ। सो कुरा थापाको चुनाव हेर्दै गरेका प्रभु थापाले पनि असहमत जाहेर गरेका छैनन्।

जे सुकै भएता पनि जो उम्मेद्वारको मत लिडिङ छ र उसले खुलेर आफ्ना उम्मेद्वारहरुलाई सपोर्ट गर्छ उसलाई मात्रै सपोर्ट गर्ने कुरा लम्साल र थापाले दुबैको आसय रहेको छ। त्यो अवस्थामा उनीहरुको नीति आफूलाई सपोर्ट गर्नेलाइ मात्र मत दिने पनि सक्छ।