-सांकेतिक तस्विर

 ३४ लाख सहित् ३ जना हुण्डी कारोबारि पक्राउ 

Hollywood Khabar May 18,2019 Comments

५ जेठ, काठमाडौं ।कोठा भाडामा लिएर हुण्डी कारोबार गरिरहेका ३ जनालाई प्रहरीले ३४ लाख ८९ हजार २ सय रुपैयाँसहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई रहेको महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए।उनीहरुलाई विशेष सूचनाको आधारमा चाबहिलको दीर्घायु हस्पिटल पछाडिबाट हुण्डी कारोबार उल्लेख भएको कागजपत्र र पैसा गन्ने उपकरण सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।