-राष्ट्रपति ट्रम्प बिरुद्धको महाभियोग प्रस्ताव हाउसबाट सिनेटमा हस्तान्तरण

राष्ट्रपति ट्रम्प बिरुद्धको महाभियोग प्रस्ताव हाउसबाट सिनेटमा हस्तान्तरण

Hollywood Khabar January 14,2020 Comments

हलिउडखबर/अमेरिका/१/१५/२०

जनवरी १५, २०२० का दिन अमेरिकी तल्लो सदन अर्थात प्रतिनिधि सभाले राष्ट्रपति डनल्ड जे ट्रम्प बिरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन अर्थात सिनेटमा हस्तान्तरण गरेको छ।

यसअधि सो प्रस्ताव सिनेटमा पठाउने कुरा प्रतिनीधि सभाबाट पारित भएको थियो। २२८/१९३ बहुमतले पास भएको सो प्रस्ताव आजै सिनेटमा हस्तान्तरण भएको छ। हस्तान्तरण पूर्व सभामुख नान्सी पेलोसीले हस्ताक्षर गरेर त्यसलाई बैधानिकता प्रदान गरेकी थिइन।

प्रतिनिधि सभामा प्रतिपक्ष दल डेमोक्र्याटिक पार्टीको बहुमत भएता पनि सिनेटमा भने सत्तापक्ष दल रिपब्लिकनहरुको बहुमत छ। सो प्रस्ताव सिनेटमा दर्ता भएर आधिकारिक रुपमा प्रस्तुत गरेको समय देखि सिनेटको निर्णय नभए सम्म राष्ट्रपति ट्रम्प सिनेटको ट्रायलमा रहनेछन्। प्रस्ताव आधिकारिक रुमपा जनवरी १६, २०२० बिहिबार सुनाइने जानकारी दिइएको छ।

सिनेटमा पठाइएको प्रमुख दुइ आरोपसहितको राष्ट्रपति ट्रम्प बिरुद्धको महाभियोग प्रस्तावका लागि बिशेसज्ञहरुलाई म्यानेजरको रुपमा मनोनयन समेत गरिएको छ। मनोनित जुडिसियरी म्यानेजरहरुमा न्याय, सेना, प्रहरी, राजनीति लगायतका क्षेत्रका बिशेसज्ञहरु रहेका छन्।