तस्बिर वेब

होटल हायात रिजेन्सीमा मदजूर आन्दोलनका कारण पाँच दिनदेखि होटल सेवा सुविधा ठप्प

Hollywood Khabar June 16,2019 Comments

२ असार काठमाडौं।होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भई ठप्प भएको छ। सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन्।व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको मजदूरले गुनासो गरेका छन्।

मजदूरले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए ।

उनका अनुसार सन् २००६ देखि २०१८ सम्म होटल व्यवस्थापनसँग भएका सामूहिक सम्झौताको पालना नभएको, बीमा कोषको रकम हिनामिना गरिएको तथा वार्षिक ग्रेड सुविधा घटाएकोले मजदूर मर्कामा परेका छन्।अर्कोतर्फ होटलको उच्च व्यवस्थापनमा आएका पाँच भारतीयले मजदूर तथा कर्मचारीमाथि अभद्र व्यवहार गर्दै आएका छन्।मजदूर कर्मचारी गरी जम्मा ४०० जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आबद्ध सबै ३२० जनाले माग पूरा गराउन दबाबस्वरूप काम अवरोध गरेका हुन् । यता होटलका समस्याबारे व्यवस्थापन पक्षसँग कुराकानी गर्न पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुनसकेन ।