-Krishna KC

अमेरिकी सन्दर्भमा हनी डू लिष्ट

Hollywood Khabar November 16,2017 Comments

कृष्ण के सी, अमेरिका, नोवेम्बर १७, २०२१

नेपालमा महिला बिकासका कुरा गरेको धेरै भयो। म स्कूले हुँदा नै ८ मार्च र कुनी के के का कुरा गर्थे। ३ दशक भन्दा लामो महिला बिकासका कुराले पनि खासै प्रगति गरेको छैन भन्छन् महिलाबादीहरु नै।

हुन त महिला बिकासको मापदण्ड के हो भन्ने प्रश्नको जवाफ अनुत्तरित नै छ अझै पनि। के भयो भने महिला बिकास भएको हुने हो त त्यो भने आम प्रश्न नै छ। कतै लिष्ट भैदिएको भए हुने हो नाप्नलाई तर बिडंवना त्यस्तो लिष्ट कतै पनि बनेको छैन। नेपालमा समयसँगै आफै भएको प्रगतिले भएको विकास भन्दा बिशेष रुपमा महिला विकास भएको गतिलो उदाहरण कतै पनि छैन।

अब कुरा गरौँ हनी डू लिष्टको। सायद नेपालमा भएको भए हनी डू लिष्टलाइ पनि महिला बिकास र अधिकारका कुरा गर्थे होलान महिलावादीहरु। तर अमेरिकामा भने फरक अर्थमा प्रयोग हुँदो रहेछ। बिशेषगरी कफी शपमा हाँसी-मजा गर्न खप्पिस अमेरिकीहरु सहेलीसँग पुरुषहरुले आपसमा बिदा हुनेबेला या गसिपमा हनी डू लिष्टका कुरा पनि गर्छन।

श्रीमती, गर्लफ्रेन्ड या डोमेस्टिक पार्टनरले श्रीमान, बोइफ्रेन्ड या डोमेस्टिक पार्टनरलाइ मीठो शब्दको प्रयोग गरेर हप्ताभरि या दिनभरि यो यो काम गर्नु भनेर कामको फेहरिस्त/लिष्ट बनाएर काम अह्राउले लिष्ट नै हनी डू लिष्ट हो।

प्रायगरी हनी डू लिष्टमा सपिङ्ग गर्नुपर्ने कुरा, ग्रोसरी लिष्ट, घरको झार काट्ने, बिरुवा-फूलमा पनि हाल्ने, कुनै बिग्रेको कुरा बनाउने, बत्तीका बल्ब फेर्ने, घुम्न जाने, गाडी सर्भिसिंङ्ग गराउने, कार वासिङ्ग गर्ने, गार्डेन गर्ने देखि नेल, सलुन जाने र शृंगारका सामान खरिद सम्म सबै हुन्छन। त्यहि नै हो हनी डू लिष्ट।