फोटोमा सुनिता गुरुङ र नविन अधिकारी प्रस्तुति गर्दै

होम बायरहरुको सेमिनार सम्पन्न: ३ परिवारले घर किन्ने २ परिवार तयारीमा

Hollywood Khabar March 17,2018 Comments

कृष्ण के सी/सान फ्रान्सिस्को
मेरो आफ्नै को-वर्करको वर्क परमिट सकिएछ। केही महिना पछि ग्रिनकार्ड फाइल गर्ने ध्यानमा उसले परमिट रिन्यू गरेनछ। समय यस्तो आयो कामको स्क्याजुलबाट तत्कालका लागि उसलाई पेण्डिङ्गमा राखिदियो। काम गरेर खानुपर्ने कस्तो अप्ठ्यारो भयो। यसैकारण नेपालीहरुलाई अमेरिकी इमिग्रेशनमा सहायता होस् भनेर २००८ बाट मैले इमिग्रेशन चौतारी कार्यक्रम सुरु गरे। सो कार्यक्रम ऐले पनि बेला-बखत चलाउँदै आएको छु। त्यसबाट लाभान्वित थुप्रै व्यक्तिहरु खुसी हुँदै ऐले पनि फोन गर्नुहुन्छ।
घर किन्न धेरै कुरा हुनेरहेछन। कहिले पैसा पुग्दैन, कहिले के के कुरा मिल्दैन। अनि कहिले भनेको एरियामा घर पाइदैन। मन परेको घरको लागि लोन नपाउन सकिन्छ। नगद त छ तर क्रेडिट र ट्याक्स फाइल गरेको आम्दानीले लोन पास नहुन सक्छ। यस्तै-यस्तै धुप्रै। आफ्नै घर किन्दा धेर-थोर सिकियो। उसो त सान फ्रान्सिस्को क्षेत्रका थुप्रै नेपालीहरुको आफ्नै घर छ। तर पनि पहिलो पटक आफ्नो समुदायलाइ यस्तो कार्यक्रम गर्ने मेरो इच्छा थियो। लगभग दुइ दशक देखि यसै क्षेत्रमा काम गर्दै आउनु भएका नविन अधिकारिलाइ मेरो प्रश्ताव राखे। घर खरिद-बिक्रीमा एजेन्टको काम गर्नुहुने सुनिता गुरुङलाइ यो कुरा धेरै मन पर्यो।
हामी तीनजनाले छोटो सुचना दिंदै Reliance Financial, Everest Realty Group र Hollywood Khabar को संयुक्त आयोजनामा होम बायरहरुको सेमिनार आयोजना गरियो। मार्च १७, २०१८ मा आयोजित सो कार्यक्रम नयाँ भएर होला या व्यस्तताले हो घर किन्न इच्छुक धेरैले आफ्नो उपस्थिति अन्तिममा गएर क्यान्सिल गर्नुभयो। तर पनि हामीले कार्यक्रम गर्यौं।
नबिन अधिकारी र सुनीता गुरुङको प्रस्तुती पछि। उपस्थितमा केही जिज्ञासाहरु रहे। फिनान्सियल कुराको सल्लाह लिएपछि ३ परिवारले घर खरिद गर्ने निर्णय गर्नुभयो। उहाँहरु घर किन्नको लागि अब बजारमा निस्कनुभयो। थप २ परिवारहरु आफ्नो आर्थिक, क्रेडिट र अन्य कुराहरु विल्डअप गर्दै हुनुहुन्छ।
तत्काल गोपनीयताका कारण ति परिवारहरुबारे केही भन्न मिल्दैन। उहाँहरुले घर खरिद गरेपछि अनुमति पाइयो भने त्यो खुसीको समाचार हलिउडखबरले अवश्य पनि पोस्ट गर्नेछ। हलिउडखबरका संपादक रोशन अधिकारीलाइ यो कार्यक्रम नौलो र एकदमै आवश्यक लाग्यो। त्यसैले ब्यस्त काम छोडेर पनि उहाँ अबलोकन गर्न पुग्नुभयो। अब निकट भविष्यमै अर्को सेमिनारको आयोजना गरिंदैछ। मिति र समय पछि प्रकासित गरिनेछ। इच्छुकहरुले सम्पर्क गर्नुहोला।
किन आयोजना गरियो त होम बायर सेमिनार ?
यो सान फ्रान्सिस्को बे एरियामा म आफू लामो समय देखि बस्दै आएको छु। यो ठाउँमा धेरै नेपालीहरु दशकौ देखि बस्दै आउनुभएको छ। यहाँ थुप्रै संघ-संस्थाहरु छन्। उनीहरु चाडपर्व, पिकनिक र चुनाब आदी इत्यादी आयोजना गर्छन। तर पनि नेपाली समुदायको आर्थिक, सामाजिक र कानुनी लगायत कुराहरुमा अभिबृद्धी, सहायता गर्न कममात्र ध्यान दिन्छन या कत्ति पनि दिंदैनन।
पूर्वज र सामाजिक अभियन्ताहरुले जहिले पनि निर्वाचन, यताको, उताको, तेरो, मेरो, हाम्रो जस्ता कित्ताकाट गर्दै समुदायलाई विभाजन गर्नमा लागे। म आफू पनि सो कुरामा चोखो भने पटक्कै छैन। अनि हामी सबै दशकौ त्यसैमा भुल्यौं, रमायौं अन्तमा विभाजन भन्दा अरु केही पनि पाइएन। हुन त थुप्रै ब्यबसायिक, आर्थिक र सामाजिक रुपमा उच्च स्थान हुने नेपालीहरु पनि यो क्षेत्रमा बस्दै आउनु भएको छ। तर पनि उहाँहरु प्राय आफ्नै दुनियाँमा खुसी हुनुहुन्छ।
तर हामी सामाजिक र राजनैतिक नेतृत्व दिने भन्नेहरुमा भने तेस्ता गुण कम पाइन्छ। अब हाम्रो समुदाय फरक रुपमा जानुपर्छ, ब्यबसायिक हुनुपर्छ, स्थाई र सफल अनि दिल-दिमागको हुनुपर्छ भन्ने विचार मेरो हो। त्यसका लागि सबै सँस्थाहरुले एउटा एउटा कार्यक्रम गर्दा पनि धेरै कुरा हुन्छन। अनि हामीले यो पटक होम बायर सेमिनार छान्यौ। यसबाट धेरै परिवारलाइ घर किन्न अन्तरिक ब्यबस्थापन गर्न सहयोग गर्नेछौ। तपाइले अर्को काम छान्नुहोस्। एक वर्षमा कति धेरै काम हुन्छन हाम्रो क्षेत्रमा,  हाम्रो समुदायको लागि खुसी अनुहार संगै बसेर जोडौला।