https://www.youtube.com/embed/x-BLN3xNX5w

-जय नेपाल फिल्मस्को प्रस्तुतिमा होमनाथ आचार्यको मौलीक लोक दोहोरी गीत

जय नेपाल फिल्मस्को प्रस्तुतिमा होमनाथ आचार्यको मौलीक लोक दोहोरी गीत

Hollywood Khabar February 07,2020 Comments

जय नेपाल फिल्मस्को प्रस्तुतिमा होमनाथ आचार्यको मौलीक लोक दोहोरी गीत खमारी को मादलुमा खरी" बोलको गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । खमारी भनेको एउटा रुखहो जुन रुखबाट गाउँ घरमा मादल बनाईन्छ।

बहुचर्चित गायिका शान्तिश्री परियार र प्रदेशी गायक होमनाथ आचार्यको आवाजमा रहेको गीतमा लय तथा शब्द ईश्वर बाबुको रहेको छ। संजय श्रीपालीले संगीत संयोजन गरेर मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा गोबिन्द वलिले रेकर्ड गरेको यो गीतको म्युजिक भिडियोलाइ भने पछिल्लो समयका ब्यस्त निर्देशक ईश्वर बाबुले निर्देशन तथा सम्पादन गरेको भिडियोको छायांकन भने कमल जि.एम. ले गरेका हुन। भिडियोमा ईश्वर बाबु, भिमा घर्ती, होमनाथ आचार्य, लक्ष्मी पहाडीको अभिनय देख्न सकिन्छ ।