-NRNA NCC USA:होम गौत ICC सदस्य उम्मेद्धार

NRNA NCC USA: एनसीसीका वर्तमान सचिव होम गौत ICC सदस्यका उम्मेद्धार

Hollywood Khabar April 23,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमावर्तमान सचिव होम गौत ICC सदस्यका उम्मेद्धार भएका छन्।

झापा जिल्लाको शनिश्चरेमा जन्मेका गौतम लामो समयदेखि एनआरएन गतिबिधी र अन्य संघसंस्था मार्फत विभिन्न सामाजिक क्षेत्रमा सकृय रहँदै छन। सत्य कुरामा जोड दिने, निडर र खरो स्वभावका रूपमा चिनिंदै आएका गौतम आफ्नो जिवनको लामो समय सामाजिक क्षेत्रमा बिताइसकेका ब्यक्ति बताउँछन ।

गौतमले झापाको शनिश्चरे माविबाट माध्यमिक शिक्षा पुरागरि मेचि क्याम्पसबाट आइकम, महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट बिकम र भारतको चेन्नईबाट चार्टर एकाउण्टेन्टको शिक्षा हासिल गरेका छन् । अध्ययनको सिलसिलामा रसियामा रहँदा लामो समय एनआरएनका संस्थापकहरुसँग एनआरएन अभियानमा पनि लागेका हुन्। २००४-२०१३ सम्म एनआरएन रसियामा लेखा समितीको प्रमुख तथा निर्बाचन आयोगको सचिव बनेर धेरै पटक निर्वाचन संपन्न गराउँन सफल पनि थिए।

लामो समयदेखि एनसीसी र आईसीसीको बिचमा सहि तालमेल हुन नसक्नुले पनि अमेरिकन एनआरएन संसारकै ठुलो भएर पनि आज राम्रो उपस्थिति देखाऊन नसकेको हो भन्ने उनको ठम्याई छ । एनसिसिमा काम गर्ने क्रममा आईसीसी साथीहरुको काम गर्ने तौर-तरिकाद्वारा आफुमा पनि केही अनुभव भएको भन्दै भोलिका दिनमा विश्वभर अमेरीकाको पनि बलियो र गहकिलो उपस्थिति जनाउनका लागी आफुले उमेद्वारी दिएको उनको दावी छ ।
सन् २०१३ देखि अमेरीका बस्दै आएका गौतमले जनसंपर्क समिती लंगआईलेन्ड न्युयोर्कको उपसभापतिको समेत कार्यभार सम्हाले। पछिल्ला दिनहरुमा नितान्त समाज सेवालाई मात्रै प्राथामिकता दिंदै बैधानिक रुपमा जनसंपर्कबाट राजीनामा दिई एनसिसि अमेरिकाको अभियानमा लागेको दाबी गर्छन। हाल पनि गौतम अमेरीकाको प्रतिनिधित्व गर्दै आईसिसीको निती निर्माण कमिटीको सदस्य पनि छन्।

सदस्य संख्याको हिसाबले एनआरएन एनसीसी अमेरिका अन्य देशका तुलनामा ठूलो भएपनि अझै यसले गर्नुपर्ने र गर्न सक्ने कामहरु धेरै भएको दावी गौतमको छ। यस अवस्थामा एनआरएनलाई ब्यक्तिगत रूपमा मात्रै नभई सबैको साझा र सबैले अपनत्व महसुस गर्न सक्ने गरी सैद्धान्तिक र ब्यबहारिक रुपमा बलियो बनाएर लैजानु नै अहिलेको आवश्यकता हो । सोही आवश्यकतालाई आत्मसाथ गरी आगामी दिनमा सबैले हातेमालो गर्दै संस्थालाई अगाडी बढाउँनुपर्ने बताउँदै गौतमले कुशल र सक्षम नेतृत्व चयन गर्नका लागी समेत सबैमा अनुरोध गरेका छन्।