-हलिउडखबर डटकमको बार्षिक उत्सव डिसेम्बर ५ मा हुँदै

हलिउडखबर डटकमको बार्षिक उत्सव डिसेम्बर ५ मा हुँदै

Hollywood Khabar November 28,2020 Comments

Hollywood Media & Entertainment LLC द्वारा संचालित Hollywood Khabar (https://www.hollywoodkhabar.com) अनलाइन मिडियाको ५ औं बार्षिक उत्सव आगामी डिसेम्बर ५, २०२० मा हुने भएको छ।

डिसेम्बर ५, २०२० शनिबार अमेरिकाको प्यासिफिक समय साँझ ५:०० बजे सुरु हुनेछ। कार्यक्रम अलिकति फरक वातावरण र बिषयगत रुपमा छोटो र छरितो रुपमा आयोजना गरिएको छ।कार्यक्रममा संसार भरिका जो कोहि पनि संचारकर्मी र पत्रकारहरु सबैलाई खुल्ला रुपमा सम्मानजनक निमन्त्रणा गरिएको छ।

जुमबाट गरिने कार्यक्रममा नेपाल सरकारका महावाणिज्यदूत, वाणिज्यदूत, गैरआवासीय नेपाली संघका जिम्मेवार व्यक्तिहरु, केहि बिषयगत अतिथि, ब्यबसायी, संचारकर्मी र पत्रकारहरुको उपस्थिति रहनेछ।

कार्यक्रम जुममा हुनेछ र जुम एक्सेस पछि इनबक्स या इमेल गरिनेछ। अथवा यहाँहरुले पनि चासो लिएर हामीलाइ सहयोग गर्न सक्नुहुनेछ। कार्यक्रममा केहि मनोरन्जनात्मक मशलाहरु, केहि बिषय र शुभकामनाको मात्र ब्यबस्था गरिएको छ।

Hollywood Khabar को स्थापना देखि यो समय सम्म साथ, सहयोग, सपोर्ट र सुझाव दिनुहुने सबैप्रति हार्दिक आभार। लेखक, रिपोर्टर, अतिथि र सबै जनहरुप्रति मिडिया र कम्पनी दुवै हार्दिक आभार प्रकट गर्दछ।आगामी दिनमा बिषय, मुद्धा, नीति र बिधि-बिधान, कला संस्कृति, नेपाली जातीहरुका गतिबिधिहरुको समेत निरन्तर अपडेट गर्ने प्रतिबद्धता जाहेर गर्दछ।

हार्दिक आभार सहित !

कृष्ण के सी

नोवेम्बर २९, २०२० आइतबार, अमेरिका