हलिउडखबरको बार्षिक उत्सव सम्पन्न: पत्रकारिता र इमिग्रेशनबारे छलफल

0
shares

by KRISHNA KC | Updated: 10 Dec 2018

764 views
महाबाणिज्य दूत ऋषि ढकाल

कृष्ण के सी/संचालक-आयोजक

हलिउडखबरको दोश्रो बार्षिक उत्सव डिसेम्बर ९, २०१८ आइतबारका दिन महाबाणिज्य दूत ऋषि ढकालको प्रमुख आतिथ्यतामा सान फ्रान्सिस्कोमा सम्पन्न भएको छ।

डिसेम्बर २०१६ मा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोबाट आधिकारिक रुपमा सुरु गरिएको हलिउडखबर डटकम http://hollywoodkhabar.com/ स्थापना भएको दुइ बर्ष पुगेर तेश्रो बर्ष प्रवेश गरेसंगै दोश्रो बार्षिक उत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

डिसेम्बर ९, २०१८ आइतबारका दिन सांझ Cre Asian Test of the Himalayas मा भएको मिडियाको दोश्रो बार्षिक उत्सवमा सान फ्रान्सिस्को र लस एन्जल्स देखिका थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुदिप पन्त र कानुन ब्यबसायी बाशु फुलाराको बिशेष अतिथि रहेको थियो।

प्रमुख अतिथि ऋषि ढकालले हलिउडखबरलाइ शुभकामना र सुझाव दिनुभयो। नेजा अध्यक्ष सुदिप पन्तले संघ, पत्रकार र समुदायबारे बताउनुभयो। नेजा महासचिव किरण मरहट्टा, नेजा सदस्य प्रतिमा बास्कोटाले समेत शुभकामना दिनुभयो। नेपाली महिला विश्व संजालकी अध्यक्ष अभिमा उप्रेती र स्थानीय संघ-संस्थाहरुको प्रतिनिधित्व गर्दै नर्दन क्यालिफोर्निया नेपाली एशोसियशनका बरिष्ठ उपाध्यक्ष इश्वर सिटौलाले हलिउडखबरलाइ शुभकामान दिनुभयो।

त्यसैगरी नेजाका निवर्तमान महासचिव तोया दाहालले पत्रकारिता र हाम्रो प्राक्टिसलाइ प्रस्तुत गर्नुभयो भने बरिष्ठ पत्रकार रवि अधिकारीले नेपाली पत्रकारिताको विकासको ऐतिहासिक पाटोबारे बताउनु भयो। ती दुइ प्रस्तुतिले समुदाय र पत्रकारहरुमा थुप्रै फरक चिन्तन र प्राक्टिस आउने सक्ने कुरा बिश्वास गरिएको छ।

कार्यक्रममा कानुन ब्यबसायी बाशु फुलारासँग इमिग्रेशन फोरम समेत सम्पन्न भयो। उपस्थित व्यक्तिहरु र प्राप्त व्यक्तिहरुका जीज्ञासाहरुको जवाफ दिनुभयो। कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका लायन्स क्लबहरुको तर्फबाट मिडिया सपोर्ट गरेबाताप उहाँहरुले हलिउडखबरलाइ सम्मान पत्र समेत दिनुभयो।

पत्रकार रोशन अधिकारीले आफ्ना आमा-बुबाको नामबाट सुरु गर्नुभएको कामदा-मिलन पत्रकारिता पुरास्कार यो वर्ष नेपालका प्रेम लामालाइ प्रदान गर्ने निर्णय गरियो। रोशन अधिकारीले $२०० र हलिउडखबरले $१०० गरी जामा $३०० को पुरस्कार हरेक बर्ष प्रदान गरिनेछ। पुरस्कार काठमाण्डौ बाहिर बसेर पत्रकारिता/संचार गर्ने व्यक्तिहरुमध्ये एकजनालाई प्रदान गरिनेछ। नर्दन क्यालिफोर्निया नेपाली एशोसियशनका बरिष्ठ उपाध्यक्ष ईश्वर सिटौलाले अर्को $१०० थप रकम रोहि राशिमा थप हुनेगरि एकपटकको लागि मात्र दिने घोषणा गर्नुभएको छ। पुरस्कार $३०० र थप रकम $१०० गरि जम्मा $४०० पर्साको विकट गाउँ ठोरीका पत्रकार तथा शिक्षक प्रेम लामालाइ प्रदान गरिनेछ। पुरस्कार, नेपाल अमेरिका पत्रकार संघमार्फत, नेपाल पत्रकार महासंघसंघसंग समन्यव गरि प्रदान गर्नको लागि प्रक्रिया गरिंदैछ।

अन्तमा; संचलाक तथा संस्थापकको हैसियतले प्रमुख अतिथि महावाणिज्यदूत ऋषि ढकाल, बिशेष अतिथिहरु सुदिप पन्त, बाशु फुलारा, किरण मरहट्टा, रवि अधिकारि, अभिमा उप्रेती, संघ-संस्था प्रतिनिधि, पत्रकार, संचारकर्मी, नेपाली महिला बिश्वो संजाल क्यालिफोर्निया च्याप्टर, बे एरिया लायन क्लबहरु, सपोर्टर, प्रमोटर, स्पोन्सरहरु र उपस्थित तथा उपस्थित हुन नसक्नु भएका तर हरतरहले उत्साह, साथ, समर्थन र सपोर्ट अनि शुभकामना दिनुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

लाइभ र फोटोमा सहयोग गर्नुहुने पत्रकार ध्रुव कुँवर, सागर श्रेष्ठ, फोटो खिचिदिनुहुने संदिप लालचन अनि लाइभ गरिदिनुहुने अनिल पाण्डे, सोपोर्ट टिम लगायत रेष्टराँ संचालक गोपाल बस्नेतलाई बिशेष धन्यवाद !

सपोर्टको लागि धन्यवाद !

NWGN California Chapter, Krishna Raj Giri, Keshab Ram Rai, Suneel Shah, Tulasi Prasad Chaulagain, Shree Ram Thapa Kajisap, Prem Lama, Narayan Somname, Ram C Pokhrel, Mahipal Ghimire, Tek Lama Waiba, Rabi King Basnet, Susmita Sijapati, Surya Sharma, Nirmal Phuyal, Manoj Ghimire, Surya Lamsal, Laxmi Chaudhary, Pasang Lama, Haribol Bhandari, Gouri Raj Joshi, Rajesh Thapa, Sonam Lama, Nabin Sherchan, AC Sherpa, Krishna Lamichhane, Rajen Thapa, Nabin Adhikari, Sunita Gurung, Raj & Kranti Bhandari 

यस बार्षिक उत्सवसंग संबन्धित समाचारहरुको लिंक:

फोटो लिंक:

https://www.facebook.com/media/set/?set=oa.2014551415301612&type=3

कार्यक्रमको लाइभ भिडियो लिंक:

https://www.facebook.com/dhruba.kunwar.925/videos/2182332441791180/

शंकराचार्यले दिनुभएको संदेशको भिडियो:

https://www.facebook.com/krishnakc555/videos/10156111298460547/

संबन्धित समाचार लिंकहरु:

हलिउडखबर बार्षिक उत्सव: संचारकर्मी-पत्रकारहरुलाई निमन्त्रणा

https://hollywoodkhabar.com/hk-anniversary-invitationrjvjj

हलिउडखबरको बार्षिक उत्सव, पत्रकारिताबारे प्रस्तुति: पन्त, दाहाल र अधिकारी

https://hollywoodkhabar.com/hollywoodkhabar-2nd-aniversary

हलिउडखबरको बार्षिक उत्सव: इमिग्रेशन फोरम बाशु फुलारासँग

https://hollywoodkhabar.com/hollywoodkhabar-2ndanv-imibashu

हलिउडखबरको बार्षिक उत्सव, प्रमुख अतिथि महाबाणिज्यदूत ढकाल, इमिग्रेशन फोरम फुलारासँग

https://hollywoodkhabar.com/hollywoodkhabar-2nd-aniversary