Holi

नेपाली समुदायले अहिलेदेखिनै होलीको तयारी थालेका छन्

Hollywood Khabar January 30,2017 Comments

युलेस नेपाली समाजले आउँदो मार्च १२ तारिक आईतबार भव्य होली कार्यक्रम राखेको छ । अघिपछिका चाडपर्बहरु कुनै पनि सोही दिन मनाउन नपाउने प्रवासी पीडाबीच होली भने फागुपूर्णिमाकै दिन मनाउन पाइने भएको छ ।

युलेसको ओकरिज पार्कमा आयोजना गर्न लागिएको होली कार्यक्रममा सहभागी हुनका लागि स्थानीय समाजसेवी टीका पौडेलले सबै नेपालीहरुलाई आव्हान गर्नुभएको छ  । यो क्षेत्रका सबै नेपाली संघसंस्थाहरूसँग समन्वय गरेर होली मनाउन लागिएको छ, एकदिन भएपनि सबै नेपाली एकै ठाउँमा भेला भएर रंगको पर्व होली खेल्न म विशेष निमन्त्रणा गर्दछु, उहाँले भन्नुभयो । अर्का युलेस निवासी समाजसेवी बासु श्रेष्ठका अनुसार नेपाली समुदायले हरेक पर्वलाइ विशेष रूपमा मनाउने क्रममा होली मनाउन विशेष तयारी थालिएको छ । 

होली पर्वमा सबैलाइ प्रवेश निशुल्क गरिनुका साथै खानेपिउने व्यबस्था समेत निशुल्क गरिएको छ । मार्च १२ तारिक मैसम अनुकुल नभएमा एकसाता अघिनै होली मनाइने जनाइएको छ। सबै नेपाली एकजुट भएर होली मनाउँ, एकैठाउँमा बसेर मनाउँ र रंग अलग भएपनि एकै मन लिएर मनाउँ, समाजसेवी पैडेलले अपिल गर्नुभएको छ ।