नरंगिएका होलीहरु !!!! दिक्षा बस्नेत

Hollywood Khabar February 28,2018 Comments

दिक्षा बस्नेत
नरंगिएका होलीहरु
होलीको दिन रे आज,
रंगहरुको चाड रे आज,
बिहानीको उषा देखि लिएर,
गोंधुलीसम्म रंगिन्छ रे आज
तर खै,
किन रन्गिएनन् ..?
ती हजारौ चेलीहरु,
जो रंगिनु अघि, उजाडिएका थिए,
कल्पना भरिका ती यादहरु ..
अनि उजाडिएका ति सिउंदोहरु,
कठै, कतिका अधुरा रहे,
कति पुरा भए अनायासै ....,
तर,
आज, हावामा रंग देख्छु,
क्षितिज रंगिन देख्छु,
रंग नै रंगकोहरुको यो बर्षाबिच
आज म सम्झिछु,
मुलुकको १० बर्षे जनयुद्दमा
पुछिएका ति सिन्दुरहरु,
काख उजाडीएका ती आमाहरु
खै,
कसरी आयो होलि,
कताबाट आउँछ रंग,
सोच्दै प्रश्न गर्छु,
इन्द्रेणी हराएको जिबनलाइ !
फेर्री पनि ति रंग भरिएका,
पिच्कारीहरुले किन जिस्क्याउछन!
तन भारिका रंगहरुले
किन भिजाइदिन्छन्
छिन भर मै ,
सकिएका थिए, ति सपनाहरु !
किन आउछन् फेरी ?
याद बनि सालैपिच्छे...!
भोकाएका तनलाई निथ्रुक्क भिजाउन !
अनि ती लुकेका रंगहरु झिक्न
भो, अब नआउ है,
उनि असमर्थ छिन
किनकि ,
पुर्बिया समाजले थुक्नेछ उनलाई
द्न्द्यमा मारीएका प्याराको
आत्माले सराप्ने छ उनलाई,
फेरी,
धेरै रास्ट्रपति, प्रधानमन्त्री, मन्त्री
फेरिरहने बहुरुपी मुलुकमा
चिनारी नै कहाँ छ र उनको ?
यथार्थमा !
नरंगिएका उनका बदन
आफैं भित्र रंगीएर बिलाउछन्
बत्तीमा पुतली घुमें झैं
रहरहरु भित्र भित्रै कुण्ठित भै,
नसा र धमनीका रोग बन्छन,
अनि लामो सुस्केरा हाल्दै भन्छिन
हो, जिन्दगीको रंग उडेकै हो ,
फुङ्ग भएर ,
निन्याउरो देखिएकै हो,
सरदऋतुका ति चिसा सडकहरु जस्तै
बसन्तको पर्खाइमा कयौंसाल नफक्रिएका
ति पोथ्रे ऐझेरु झैँ,
हरेक साल यो होलीले
जिस्क्याउछ, अनि जान्छ,
तर कसैले सोध्दैन
उनिको सिउँदोको सिन्दुर
ता कि! पुन: भरियोस भनि
अन्त्यमा ,
हिड्दै छिन, हिड्दै छिन
थोत्रो बस झैँ ......,
उपरवाले ले चलाएको
अदृश्य दिशातिर ...
रंगहीन चोलीको साथमा
विधवाको भेषमा ....!!
मिति मार्च ०१/२०१८