-तस्बिर वेब

होडबाजीको शैलीमा अध्ययनको बहानामा संसदीय समितिहरु एकपछि अर्को गर्दै फिल्डमा

Hollywood Khabar December 10,2018 Comments

२६ मंसीर काठमाण्डौं।तराई/मधेस दु्रतमार्ग फास्ट ट्रयाक निर्माण र त्यसैसँग जोडिएको अन्तर्राष्ट्रि विमानस्थलको विषयमा अध्ययन गर्न संसदीय समितिहरु एकपछि अर्को गर्दै होडबाजीको शैलीमा फिल्डमा पुग्न थालेका छन्।

७६ किलोमिटरको फास्ट ट्रयाकको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर अझै तयार भएको छैन।डिपिआरबिनै नेपाली सेनाबाट निर्माण कार्य भईरहेको छ।फास्ट ट्रयाक कुन समितिको कार्यक्षेत्रमा पर्छ भन्ने विषयमा नै सांसदबीच एकमत छैन।

प्रतिनिधिसभा अन्तर्राष्टिय सम्बन्ध समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण विषयमा स्थलगत अनुगमन गरिसकेका छन्।