Hollywoodkhabar 2nd Anniversary 2018

हलिउडखबरको बार्षिक उत्सव, पत्रकारिताबारे प्रस्तुति: पन्त, दाहाल र अधिकारी

Hollywood Khabar December 05,2018 Comments

कृष्ण के सी/संचालक-आयोजक

हलिउडखबर अनलाइन मिडियाको दोश्रो बार्षिक उत्सव डिसेम्बर ९, २०१८ आइतबारका दिन सान फ्रान्सिस्कोमा हुने भएको छ।

डिसेम्बर २०१६ मा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोबाट आधिकारिक रुपमा सुरु गरिएको हलिउडखबर डटकम http://hollywoodkhabar.com/ स्थापना भएको दुइ बर्ष पुगेर तेश्रो बर्ष प्रवेश गरेसंगै दोश्रो बार्षिक उत्सवको आयोजना गरिएको हो।

डिसेम्बर ९, २०१८ आइतबारका दिन सांझ ५ बजे, Cre Asian Test of the Himalayas-1269 MacArthur Blv, San Leandro, CA 94577 मा मिडियाको दोश्रो बार्षिक उत्सवको आयोजना गरिएको छ।

कार्यक्रममा कानुन ब्यबसायी बाशु फुलारासँग इमिग्रेशन फोरम हुने राखिएको छ। निशुल्क प्रवेश राखिएको यो कार्यक्रम महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा हुनेछ।

कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ-नेजाका अध्यक्ष सुदिप पन्त, निवर्तमान महासचिव तोया दाहाल र बरिष्ठ पत्रकार रवि अधिकारीले बिषयहरु प्रस्तुत गर्नुहुने छ।

पत्रकारितामा बिशेष गरि निम्न कुराहरुमा आकर्षक प्रस्तुति हुनेछ:

  • नेपाली पत्रकारिताको ऐतिहासिक बिकासक्रम-रवि अधिकारी

  • नेपाली पत्रकारिताको बिकासमा इतिहास देखि डिजिटल मिडिया र अमेरिकामा हाम्रो प्राक्टिस- तोया दाहाल

  • नेजा, संचारकर्मी, पत्रकार, संचार संस्था र नेपाली अमेरिकी समुदायबीचका कुराहरु-सुदिप पन्त