Rita Sanjel

हिउँ पिरती: मेरा दातले मुकुराउन कड्कडिदा मैले दातलाई हिउँ दर्शन गराउनुपर्छ

Hollywood Khabar January 22,2019 Comments

रीता संजेल

म हिउँ हेर्दै आफ्ना सेता दातले
हिमाललाई जिस्काउने मान्छे।

हिउँ मेरो मुस्कानलाई चुनौती दिदै
मेरै अगाडि सगरमाथा पो बनेछ।

नियाल्दा नियाल्दै म त अब
ती हिउँमा,हिउँ मान्छे देख्न थालेछु।

मैले मेरा दात,उसलाई देखाउदै गर्दा
ऊ सिङ्गो शरीरले,शान्त शितल बनी
मुस्कुराएर,मलाई नै पो जिस्काउछ
मैले हार स्वीकारे,हिमालका ती सेता हिउँसङ्ग।

हिउँ र म लगभग उस्तै नै त छौं
ऊ दु:खी हुदा मन पग्लेलेर बग्ने
त्यो पानी
म दु:खी हुदा मेरा मनमुटु पग्लेर बग्ने
त्यो पानी
हेर्दा उस्तै हुन्छ।

तर ऊ लामा र ठुला नदिको आकर लिन्छ
आसुले धर्तीनै रसिलो बनाउछ।

मेरा आसुका थोपा थोपाले
आफ्नै अनुहार धुन पनि नपुग्ने पानी बग्छ।

थाहा छैन हिउँले मेरो आसुलाई
कति नजिकैबाट चिनेको छ।

तर मैले उसको र मेरो आसुलाई महसुस गरेको छु
उसको र मेरो दुवैको आसुमा कुनै रङ्ग त छैन
तर उसको आसुमा स्वाद छैन
मेरोमा नुनिलो स्वाद रहेछ।

सायद यहि कारण मैले हिउँ र हिमालसङ्ग सदा
बराबरमा रहन सकिन र त म उसलाई
नजिकैबाट चिन्छु र ऊ महान भन्छु
सुन्न पाएको छैन उसले चाहिँ मलाई के भन्छ।

म मेरा केहि दातमात्र हिउँजस्तै पाउछु
ऊ मेरो दातका मुस्कानका लहर हेरेर
पुरै शरीर मेरो दातजस्तै बनाएर
सगरमाथा धवलागिरी कन्चन्जङगा
अन्नपूर्ण मनास्लु आदि बनेर उभिदिएछ।

मलाई यसैमा त अधिक गर्व लाग्छ।
मेरा दात र हिउँको मुकास्कानले चुनौती गरे
हिउँले छर्ने ती चिसा मुस्कानकव भावमा
मेरा दातहरु सिरिङ्ग गर्न लागे आजकाल
मुटु नै पो कपाउछ कहिलेकाही त।

मैले हार माने पनि साहसले हिमाल झैं
अटल भएर कठ्याङृदै उभिएकै छु।
तर मेरा दात हिउँसङ्ग अब यसरी रहन्न
भन्दै मेरो शरीर र मेरा आत्मबललाई नै
चुनौती दिदै हिउँ र हिमालको सम्मानमा
चुनौतीबाट फर्किएर आफ्नै कर्ममा लागे।

आजभोलि मेरा मुस्कान हराएका छन्
हिउँले अपहरण गरेको मेरो अनुमान छ।

खै के पो भएछ अब मेरा दातले मुस्कुराउन
ती सेता आकर्षक हिउँको महसुस गर्नुपर्छ।

मेरा दातले मुकुराउन कड्कडिदा
मैले मेरो दातलाई हिउँको दर्शन गराउनुपर्छ।

मैले हैन मेरा दातले हिउँसङ्ग थाहै नपाइ
चालै नदि सुटुक्क पिरती पो गासेछ।