हिन्दुधर्म, संस्कार र नारीपर्व तिजविरुद्द नेपाल सरकार, पादरीको निर्देशनमा प्रशासनिक हस्तक्षेप

0
shares

by Krishna KC | Updated: 15 Aug 2019

179 views
-Diksha Basnet

दिक्षा बस्नेत-खप्तडी/८/१५/१९

भाद्र शुक्ल त्रितियामा पर्ने तीजलाई परम्परागत रुपमा रातो पहिरन र ब्रतसंग भगवान शिवको पूजाआरधना गरी मनाउने मौलिक चलन इतिहास देखि बुझिन्छ।

केहिदिन अघि कास्की जिल्ला प्रशासनले सूचना जारी गरेको सामाचारले महिला अभिव्यक्ति र स्वतन्त्रता माथी प्रश्न उठाएको महशुस सजिलै गर्न सकिन्छ। उक्त सुचनामा उल्लेख गरिए अनुसार एक महिनादेखि तीजका गीत घंकिएर ध्वनि प्रदुषण भएको उल्लेख गर्दै, महिलालाई सचेतना नअपनाए कानुन बमोजिन कारबाही गर्ने भनेर दिएको चेतावनीले महिलाको अभिव्यक्ति बिरुद्द बडो गजबको संदेशले महिलाको बिरुद्द महिलाकै सस्थालाई प्रयोग गरिएको पाइएको छ।

जुन सुचना २०७६ साल श्रावन ९ गते गरिएको हो। ध्वनि प्रदुषण हुन नदिन, फजुल खर्चलाइ कटौती गर्दै मौलिक परम्परालाइ जगेर्ना गर्न अनुरोध गर्दै तीज पर्व मनाउन अनुरोध गरिएको छ। अन्यथा यो सुचनालाइ बर्खिलाप गरे कानुन अनुसार कारबाही गरिने व्यहोरा सम्बन्धित सबैलाइ जानकारी गराइन्छ।

अन्त्यमा, तीजका गीतले कसको कानको जालीलाई असर पर्यो ?

बर्षौदेखि नया वर्ष इभ, र क्रिसमसले पोखरा, दरबारमार्ग, ठमेल घंकिदा सुमधुर माग्ने अनि तीजका गीत सहन नसक्ने यो प्रशासनबाट भोलि महिलाले के अपेक्षा राख्ने ? यदि धरान, काठमाडौं, ठमेलका डिस्को बारमा नग्न डान्स र क्यासिनो, अनि बाह्रमासे जुवातासको निगरानी कसले गर्ने?

यदि सरकार छ भने महिलाहरुले हाँस्दा, नाच्दा पितृस्तातात्मक समाजले औला ठडाए झैँ अहिले युरोपियन ख्रिष्टियन कम्युनिष्ट सरकारको मातहतमा रहेको प्रशासनले सुक्ष्म निरिक्षण गर्दै कारबाहीको धम्कि दिएको अबस्था छ। महिलाले खुशी साट्दा राज्य दुखि हुन्छ भने त्यसलाई कसरी प्रजातान्त्रीक मुलुक भन्ने?

आफ्नो पैसा खर्च गरेर खान र साथीभाइ जम्मा भएर रमाइलो गर्न कुनै कानुनले रोक्न सक्दैन, यो मानवको ब्यतिगत र प्रजातान्त्रीक अधिकार पनि हो, खबरदार यो मुलुक केपी ओली र प्रचण्डको मात्र नभइ गोरखाकी फुलमाया र सिन्धुपाल्चोककी फुलमायाको पनि हो जो यहि कालखण्डमा सिकार भए।

धर्तिकी सृष्टिकर्ता र ममताकी खानी हामी नारीहरु अझै पनि समस्याभित्रै जकडिएर बाँचेका छौं। विज्ञानको आविष्कारसंगै गर्भमा छोरी भएको थाहा भए भ्रुण अबस्थामै पनि हामी फालिंछौ। अत्याचारका ती सीमाहरू नाघेर यो परिवेशसम्म आइपुग्दा कहिले जेन्डरका कुरा, कहिले तेत्तिस प्रतिशत आरक्षणका कुरा, पिछडिएका दलित महिलाका कुरा, मुक्त कमैया, बोक्सीको आरप, घरेलु हिँसा, छोरीलाइ पैत्रिक सम्पतिमा समान अंश, आदी मुद्दालाई समेटेर अबका नारी चुलाचौकादेखि माथी उठेर सभाहल, बैठक, सेमिनार, गोष्टिसम्म पुगेर नारी मुक्तिको आवाज बुलन्द पार्दैछन्। परापुर्व कालमा जस्तो घरभित्रको अत्याचार बाहिर निकाल्नु हुन्न भन्ने पितृसत्ताको बाक्लो जालो च्यात्न नारीहरुलाई धेरै लामो समय लाग्यो, जुन समयमा महिलाको बाहिरी संसार नै थिएन।

यहि मौनताको इतिहाँसलाई चिर्न तीज एउटा गतिलो पर्व बन्यो र महिलाहरुले गीत मार्फत आफ्ना भोगाइहरु सार्वजानीक गर्नथाले। त्यो माइतीको पिडिमा एक्लै बसी दर्द पोख्ने सीमित तीज अब होटेल र पार्टीप्यालेसमा पुग्यो, कारण महिलाको संसार फराकिलो हुदैं गयो,अब नारीहरुले, क्षिक्षा, र राजनीतिसम्मका, गीत गाउन थाले। सांगठानिक हिसाबले १० जना बाट १०० जना पुगेहोलान र एउटा कोठा खाइने दर पार्टीप्यालेस सम्म पुग्नुमा सामुहिक एकता र सदभाबको झल्को र संकेत हो।

महिलाले खुशी साट्दा राज्य दुखि हुन्छ भने त्यसलाई कसरी प्रजातान्त्रीक मुलुक भन्ने ? दिदीबहिनीहरुले हास्दा, नाच्दा, बिगतको पितृसतात्मक समाजले औला ठडायौथ्यो भने, अहिले कम्युनिष्ट सरकारको प्रशासनले सुक्ष्म निगरानी राखेर कारबाहीको सूचना दिएको छ। आफ्नो पैसा खर्च गरेर साथीसंगी भेला भइ रमाइलो गर्न कुनै कानुनले रोक्न सक्दैन। यो मानिसको नैसर्गीक र प्रजातान्त्रीक दुवै अधिकार हो।

याद रहोस यो देश केपी ओलीको र प्रचण्डको मात्र नभई बारपाककी सुन्तली र सिन्धुपाल्च्कोकी फूलमायाको पनि हो र थियो। एकैछिन नाचेर, गएर, गीत-संगीतमार्फत आफ्ना दुख पिडा भुल्न चाहन्छन भने त्यसमा मुलुक र प्रशासनलाई के आपत्ति ?

अप्रत्यक्ष रुपमा बिहानको को तातो चिया देखि बेलुकाको चिसो चियासम्म, भट्टी देखि रेस्टुरेन्ट हुदैं, पांचतारे होटेलसम्म पुरुषकै हैकम चलेको छ भने महिलाको तीज पर्वमाथी किन हस्तक्षेप ??

अन्त्यमा, सम्पूर्ण देश विदेश छरिएर रहनु भएका नेपाली दिदिबहीनि हरुलाई हरितालीका तीजको शुभकामान टक्रयाउदै चाहन्छु।