-तस्बिर वेब

हिमालय उर्जाको साधारण शेयर निष्काशन

Hollywood Khabar October 21,2018 Comments

६ कात्तिक,काठमाडौं।हिमालय उर्जा विकास कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण शेयर(आईपीओ) निष्काशन गरेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाबासीका लागि निष्काशन गरेको हो।

यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका निम्ति प्रतिकित्ता १ सय रुपैयाँका दरले ९ लाख ९० हजार कित्ता शेयरको कात्तिक ६ गतेबाट आईपीओ निष्काशन गरेको हो।छिटोमा २० गतेसम्म र ढिलोमा मंसिर ५ गतेसम्म आईपीओका लागि आवेदन दिन सक्नु पर्नेछ।यो आयोजानाको शेयरको लागि न्युनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने उल्लेख छ।

आयोजनाको अति प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिका वडा नंम्बर १ र जिरी नगरपालिका १ र २ का बासिन्दालाई ३ लख ९६ हजार कित्ता शेयर दिने भएको छ।प्रभावित क्षेत्रलाई छुट्याएको शेयरमध्यबाट यी २ क्षेत्रको ३ वटा वडाको लागि उक्त शेयर ४० प्रतिशत छुट्याएको उल्लेख छ।

बाँकी ६० प्रतिशत अर्थात ५ लाख ९४ हजार कित्ता शेयर प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिकाको १ देखि ५ सम्म र जिरी नगरपालिकाको वडा नं ३ लाई भएको उल्लेख छ।आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री वितरण गरेको शेयर सर्वसाधारणका निम्ति निष्काशन गरेर बाँडफाँडसमेत भएको ३ वर्ष पूरा नभएसम्म बिक्री गर्न पाइनेछैन।कम्पनीले निष्काशन गर्न लागेको आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरेको छ।

कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत आयोजना निर्माण गरिरहेको छ।उपल्लो खिम्ति बनाउन १ अर्ब ९१ करोड र माथिल्लो खिम्तीमा १ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ।आयोजनाबाट आउदो चैतसम्म विजुली उत्पादन हुने छ।