-हिमालय एअरलाइन्स

हिमालय एअरलाइन्सले चीनको चाङ्सामा उडान थाल्यो

Hollywood Khabar November 20,2019 Comments

५ मंसिर,काठमाडौं।हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान थालेको छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान भरेको छ  ।निजी लगानीको नेपाली वायुसेवा कम्पनी हिमालयले यसअघि काठमाडौंबाट अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङ्गमा उडान गर्दै आएको छ।हिमालय एअरलाइन्सले चीनको  प्रमुख पर्यटकीय शहर चाङ्सामा सातामा एक दिन (बुधबार) काठमाडौंबाट चाङ्सा उडान गर्ने र सोही दिन काठमाडौं फर्कने गरी तालीका मिलाएको छ ।

हिमालय एअरलाइन्स् यी दुई शहरबीच सिधा उडान गर्ने एक मात्र एअरलाइन्स बनेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले  बताए ।काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो योगदान दिने र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने  कम्पनीका अध्यक्ष जोउ इन्योङले  बताएका छन् ।नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापना भएको हिमालय एअरलाइन्ससँग तीनवटा ए३२० जहाज छन् ।