हिमालय एयरलाइन्सको नयाँ विमान काठमाडौआइपुग्यो

Hollywood Khabar January 30,2017 Comments

हिमालय एयरलाइन्सको नयाँ विमान मंगलबार त्रिभुवन विमानस्थलमा आइपुगेको छ। निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्सले जर्मनीमा बनेको ३२०–२१४ सिरिजको फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले जर्मनीको ह्याम्बर्ग अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौमा अवतरण गराएका हुन।   '9N-ALV'  नेपाली रजिष्ट्रेसन नम्बर रहेको नयाँ विमान१५८ सिट क्षमताको रहेको छ। 
तिव्वत एयरलाइन्सको पनि संयूक्त लगानी रहेको हिमालयले सन् २०१७ भित्र दुईवटा विमान थप गर्ने बताएको छ । हिमालयले नयाँ विमानबाट मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा उडान भर्दै  काठमाडौ–क्वालालम्पुर–काठमाडौ (राउण्ड ट्रिप)को लागि सुरुवाती टिकट दर २५ हजार ३ सय ७५ रुपैयाँ तोकेको छ ।  क्वालालम्पूर–काठमाडौ–क्वालालम्पुर (राउण्ड ट्रिप)को लागि मलेसियन रिंगेट ९ सय २८ तोकिएको छ।
त्यसैगरी काठमाडौं–याङगुन–काठमाडौंको लागि २९ हजार ६ सय रुपैयाँ (राउण्ड ट्रिप) र याङगुन–काठमाडौं–याङगुनको(राउण्ड ट्रिप) लागि ३ सय २० अमेरिकी डलर कायम गरिएको कम्पनीले जनाएको छ।अबदेखि नेपाल एयरलाइन्स र हिमालय पाँच वटा विमान रहेका छन ।