-बिजयी नेपाल कारखाना श्रमिक संघ

हिमालयन डिष्टिलरी प्रालिमा नेपाल कारखाना श्रमिक संघ बिजयी

Hollywood Khabar September 15,2019 Comments

३१भाद्र,पर्सा।वीरगन्जको हिमालयन डिष्टिलरी प्रालिको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल कारखाना श्रमिक संघ बिजयी भएको छ ।सोमबार भएको निर्वाचनमा नेकपाको मजदुर संगठनलाई भारी मतले पराजित गर्दै कांग्रेस आबद्ध सुखाडी यादवको नेतृत्वको नेपाल कारखाना श्रमिक संघ विजयी भएको हो।कुल १८९ मत खसेकोमा कारखाना श्रमिक संघले ११३ र नेकपा समर्थित संगठनले ७४ मत प्राप्त गरेको थियोभने दुई मत बदर भएको थियो ।