गायक हिमाल श्रेष्ठको माया सार्वजनिक

Hollywood Khabar January 31,2018 Comments

गायक हिमाल श्रेष्ठको स्वरको नयाँ गीत लाएको मायको म्युजिक भिडियो सार्वजनिक भएको छ। नवक्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीतको उक्त गीत आधुनिक शैलीको छ । हे साईँली उपशीर्षक राखिएको उक्त गीतमा प्रवीण श्रेष्ठको संगीत संयोजन छ । एक्सेल इन्टरटेन्मेन्ट यूकेद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन्। विदुर पाण्डेद्वारा छायांकन गरिएको भिडियोमा वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको छ ।
सत्य घटनामा आधारित भनिएको म्युजिक भिडियोले वैदेशिक रोजगारी जाने श्रीमान् तथा श्रीमतीको पीडा तथा समस्यालाई चित्रण गरेको छ । म्युजिक भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेका छन् । महादीप श्रेष्ठ तथा प्रतीक श्रेष्ठ निर्माता रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।