-तस्विर वेव

अझै भेटिएनन् हिमपहिरोमा हराएका पर्यटक!हेलिकप्टरबाट खोज्दै कोरियन दूतावास 

Hollywood Khabar January 17,2020 Comments

४ माघ,पोखरा।अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका ५ जना पर्यटक अझै नभेटिएपछि कोरियन दूतावासले हेलिकप्टरबाट खोजि गरेको छ।ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलका अनुसार, हराउनेमा कोरियाली नागरिक ५३ वर्षीया किम सूक जा, ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको खुलेको छ । त्यस्तै, कोनाको ट्रेकिङ एजेन्सीबाट पर्यटक लिएर गएका नेपाली गाइड सरोज परियार हिमपहिरोमा परि हराइरहेका छन्।विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदमार्गमा  शुक्रबारदेखि कोरियन, चाइनिज पर्यटकसँगै नेपाली गाइड तथा पोर्टल गरि ५ जना हराएको  र  उनीहरू अझै नभेटिएको प्रहरीले जनाएको छ।

हिउँमा आफ्ना नागरिक हराएपछि नेपालस्थित कोरियन राजदूतावासले हेलिकप्टरसहित उद्दार टोली पठाएको छ । त्यस्तै उद्दारका निम्ति नेपाल प्रहरी र टानको टोलीले पनि प्रयास गरिरहेका छन् ।कोरियाली पर्यटकहरु काठमाडौंको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेसक्याम्पसम्मको पदमार्गमा निस्केका थिए।११ जनाको समूहमा रहेका कोरियाली पर्यटक मध्ये ७ जना सम्पर्कमा आएका छन् भने ४ जना हराइरहेका छन् ।